Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजको राशिफल – Aajako Rashifal


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक १३ २०७८
  • 3.6K
    SHARES

२०७८ कार्तिक १३ गते, शनिवार, ३० अक्टाेबर २०२१। कार्तिक कृष्णपक्ष नवमी तिथि, ९ः५४ बजेदेखि दशमी। अश्लेषा नक्षत्र, ९ः२६ बजेदेखि मघा। चन्द्रराशि– कर्कट, ९ः२६ बजेदेखि सिंह।

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। हल्लाको पछि लाग्दा चिताएको काममा अलमल हुनेछ। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। अध्ययनमा समय दिन नसकिए पनि बुद्धिको उपयोगले लाभ हुनेछ। लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सकिनेछ। अरूको विश्वास जित्न केही समय लाग्नेछ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आवेशको निर्णयले समस्या निम्त्याउनेछ। हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। वादविवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साइनाे गाँस्नेहरूले झुक्याउन सक्छन्, सजग रहनुहाेला।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी होला। कृषितर्फ कामको चाप बढ्नेछ। चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्। अर्थ अभावले काम रोकिने सम्भावना छ। परिस्थितिवश सामान्य काममा अलमल बढ्नेछ। आलोचकहरूबाट जोगिएर काम लिनुपर्ने समय छ। लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियार रहनुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। बेहोसीले नोक्सान पुर्याउन सक्छ। नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला। केही दौडधुप गर्नुपरे पनि पछिका लागि लगानी बढाउने समय छ। छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

नियमित काम सम्पादन गर्न सकिनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। व्यापारमा मनग्य फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। तर, प्रतिफलका लागि समय पर्खनुपर्नेछ। परिस्थितिवश लगानी रकम अरूका लागि खर्च गर्नुपर्ला। सरसापटमा धन बाहिरिने सम्भावना छ। आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउलान्।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

तारिफयोग्य कामले चर्चित बनाउनेछ। उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले विशेष स्थान दिलाउन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर जुट्नेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। सेवा र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समयमा लगनशील बन्न नसक्ता अलि पछि परिनेछ। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। परिस्थितिवश अरूका काममा अमूल्य समय बित्नेछ। पुराना कामको चर्चा भए पनि नयाँ अवसरका लागि निकै मेहनत गर्नुपर्नेछ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ। टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। वादविवादले घर-गृहस्थीमा समस्या निम्त्याउने देखिन्छ। यात्राको प्रक्रियाले पनि खर्च बढाउनेछ। लोकाचारका लागि भोगविलासका अनावश्यक वस्तु जुटाउनुपर्ला। परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउने सम्भावना छ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

लगनशीलताले नयाँ स्थानका साथै काम गर्ने अवसरसमेत दिलाउनेछ। भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

# नेपाली पात्रोबाट साभार गरिएको

# उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४