काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीशरहितको इजलास गठन गर्न माग गरेकाे छ ।
शुक्रबार बसेको बारको बैठकले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविनाको इजलास गठन गर्न माग गर्ने निर्णय भएको एक अधिवक्ताले जानकारी दिनुभयो । साथै बैठकले आइतबारदेखि दैनिक एक घण्टा कालो पट्टी बाधेर विरोध जनाउने निर्णय पनि गरेको उहाँले बताउनुभयो ।
बारले अदालतमा बेथिति बढेको र त्यसमा प्रधानन्यायाधीश राणा पनि मुछिएको भन्दै उहाँले निकास दिनुपर्ने माग गर्दै आएको छ । राणाको राजीनामा नआएसम्म आफूहरूले आन्दोलन र विरोधका कार्यक्रमलाई जारी राख्ने बारले यसअघि नै बताइसकेको छ ।
उता, न्यायाधीशहरूले पनि प्रधानन्यायाधीश राणाले तोकेका इजलास बहिस्कार गर्दै आएका छन् । जसले पछिल्लो तीन दिनदेखि न्यायिक निरुपण हुन सकेको छैन । यद्यपि बुधबार प्रधानन्यायाधीश राणाको एकल इजलासले पाँचवटा रिटमा सुनुवाइ गरेकाे थियाे ।