Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चितवनका कांग्रेस नेता–कार्यकर्ताप्रति दाहाल बाबु–छोरीको आक्रोश, दाहालले भने–मलाई र रेणुलाई लखेट्न खोज्दैछन्


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक १२ २०७८
  • 3.6K
    SHARES

चितवन,  । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका बाबुछोरीले चितवन कांग्रेसका नेता–कार्यकर्तामाथि आक्रोश पोखेका छन् ।

चितवनमा गरिएको कार्यक्रममा दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई आफूले प्रधानमन्त्री बनाएको तर बदलामा चितवन कांग्रेस कार्यकर्ताहरु आफू र छोरी रेणुविरुद्धमा लागिरहेको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो ।

चुनावी परिणामले कांग्रेस र माओवादी हाराहारी भए पनि देउवालाई प्रधानमन्त्री बनाउँदा कांग्रेस कार्यकर्ता खुशी हुनुपर्नेमा चितवनबाट आफू र रेणुलाई लखेट्ने भाषण कांग्रेस चितवनका सभापतिले गर्नु विडम्बनापूर्ण भएको टिप्पणी उहाँको थियो ।

आफूहरुलाई धन्यवाद दिनुपर्नेमा उल्टो भएको भन्दै दाहालले थप्नुभयो, ‘जित्न त चुनावमा कांग्रेसले भन्दा हामीले धेरै जितेका थियौं तर पनि शेरबहादुरजीलाई प्रधानमन्त्री बनायौं । मैले सोचेको थिएँ कम्तीमा चितवन जिल्लाका कांग्रेस नेता कार्यकर्ता खुशी भएका होलान् । उनीहरूले प्रचण्डलाई, माओवादीलाई धन्यवाद भन्लान् भन्ने ठानेको त माओवादी, प्रचण्ड र रेणुलाई लखेट्ने भनेर यहाँका सभापति भन्नेहरूले बोले । तपाईंहरूले सुन्नुभयो । यो त बडो विडम्बनाको कुरा भयो ।’

अर्को प्रसंगमा अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी ओलीलाई प्रचण्ड भाग्छ भनेर आत्मरतिमा नरमाउन चेतावनी दिँदै भन्नुभयो, ‘मलाई काठमाडौंमा भनिएको छ, एमालेको महाधिवेशन चितवनमा हुने भएपछि अब प्रचण्ड भाग्छ र कालीकोट जान्छ कि बर्दिया जान्छ भन्ने भित्रभित्रै प्रचार गरे । मैले अस्ति यहाँ आएर भनिसकेको छु, म कतै जान्न अब । म चितवन छोड्दिन । पहिलो कुरा कुनै भ्रम नरहोस् र त्यो आत्मघाती या आत्मरति पनि केपी ओलीहरूले नगरे हुन्छ । म भाग्ने मान्छे हुँदै होइन । त्यो कुरा ओलीजीहरूलाई राम्रोसँग थाहा छ । त्यही भएर त मलाई खोज्दैखोज्दै आउनुभएको छ चितवन ।’

उहाँले आउँदो चुनावमा नेकपा एमालेको पकड देखिएको ठाउँमा नेपाली कांग्रेससँग गठबन्धन हुने भन्दै कांग्रेससँग सिट तालमेल गर्न केन्द्रीय तहमा समझदारी नै बनिसकेको दावी गर्नुभयो ।

आफूहरुको साथमा मोहन वैद्य र नेत्रविक्रम चन्दलाई पनि ल्याइने भन्दै उहाँले आउँदो चुनावमा माओवादी, एकीकृत समाजवादी, जसपा र मोहनविक्रम सिंहबीच गठबन्धन बन्ने बताउनुभयो ।

सोही कार्यक्रममा दाहालकी छोरी एवं भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आफ्नो समयमा केही गर्न नसक्ने चितवन कांग्रेसका नेता कार्यकर्ताहरु अहिले आफ्नो आलोचना लागेको टिप्पणी गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४