Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारको पहिलो निर्णय : सरकारको प्रवक्तामा खनाल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक ११ २०७८
  • 4.7K
    SHARES

सरकारले प्रदेशको ११९ जना विद्यार्थीलाई प्राविधिक विषय पढाउने


बागमती प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनाल नियुक्त भएका छन् ।  बिहीबार साँझ बसेको मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले मन्त्री खनाललाई सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको हो । 


नेकपा समाजवादी पार्टीको तर्फबाट पहिलोपटक सत्ता सम्हालेका मुख्यमन्त्री पाण्डेलाई आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माले सपथ ग्रहण गराएका थिए भने पाण्डेको सिफारिसमा सामाजिक विकास मन्त्रीमा नेकपा माओवादी केन्द्र बागमती प्रदेशकी संसदीय दलको उपनेता कुमारी मोक्तान, भौतिक पूर्वाधार विकास मन्त्रीमा नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता कृष्णलाल भडेल र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेशका संसदीय दलका उपनेता कृष्णप्रसाद खनालले सपथ ग्रहण गरेका थिए ।



मुख्यमन्त्री पाण्डेसहित चार सदस्यीय मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशको ११९ वटै पालिकाका एसइई उत्तिर्ण गरेका दलित, लोपोन्मुख तथा पिछडिएको वर्गबाट छनौट गरी ११९ जना विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषय अध्ययनको व्यवस्था मिलाउने निर्णय गरको छ ।

सो कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयले आगामी १५ दिनभित्र कार्यविधि तयार पारी पेश गर्न निर्देशन समेत दिएको मन्त्री खनालले  जन न्युज नेपाल खबरलाई जानकारी दिए । सरकारले प्रदेशको सबै पालिकाबाट विद्यार्थी छनौट गरी इच्छाएको विषय अध्ययन गर्ने व्यवस्था मिलाउने र अध्ययन पश्चात सम्बन्धित पालिकामा सरकारले ताकेको निश्चित समय सेवा गर्नुपर्ने निर्णय गरिएको मन्त्री खनालले बताए । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४