Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउ : नागरिक आन्दोलन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक १० २०७८
  • 7.7K
    SHARES

काठमाडौं,। बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि महाअभियोग लगाउन राजनीतिक दलहरुको ध्यानाकर्षण गराएको छ ।

बुधबार विज्ञप्तिमार्फत् नागरिक आन्दोलनले न्यायालयमा देखिएको वर्तमान संकट निदानका लागि बार एसोसियसन, पूर्व प्रधानन्यायाधीश, वरिष्ठ अधिवक्ताहरु र न्यायाधीश समाजको आह्वानसमेतलाई समर्थन गर्दै प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउन ध्यानाकर्षण गराएको हो ।

नागरिक आन्दोलनले न्यायपालिकामा व्यापक सुधारका साथै यसलाई जनताको न्यायिक आस्थाको केन्द्र बनाउनेतर्फ सम्बद्ध सबै पक्षहरूसँग आह्वा गरेको छ । ‘न्यायपालिका न्याय सम्पादन गर्ने निकायमात्र नभई शक्ति पृथकीकरणको जगमा राज्य व्यवस्थालाई जवाफदेही बनाउने माध्यमसमेत हो ।

उच्च नैतिक चरित्र, मर्यादा र आचारसंहिताको बलमा जनताको अन्तिम आड भरोसाका रूपमा रहनुपर्ने न्यायालयका तीनै आधारभूत चरित्रप्रति आज सर्वत्र सन्देह छाएको छ,’ आन्दोलनको विज्ञप्तिमा उल्लेख छ ।

नागरिक आन्दोलनले अदालतभित्र भ्रष्टाचार हटाउन दिएका विधि र उपायहरूको सुझाव प्रधानन्यायाधीशले अस्वीकार गर्नुले अवस्थाको गम्भीरता दर्शाएको बताएको छ ।

प्रतिनिधिसभा असमयमै र संविधानविपरीत विघटनको घोषणा गर्ने पूर्ववर्ती सरकारका अध्यादेशलगायत बलजफ्ती व्यवहारका मतियार बनेका प्रधानन्यायाधीश जबराले संवैधानिक अंगहरूमा भागबन्डा गरेको घटनाले न्यायपालिकाको मर्यादा गिरेको विज्ञप्तिमा दाबी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४