Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिन्द्राको इलेक्ट्रिक अटो नेपाली बजारमा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक ९ २०७८
  • 6.1K
    SHARES

काठमाडौं, । महिन्द्राको इलेक्ट्रिक अटो नेपाली बजारमा भित्रिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अटोको बजार प्रवेश गराउँदै विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताउनुभयो । उहाँले आजसम्म नेपालीलाई चाहिने जलविद्युतको पर्याप्त उत्पादन गरिसकेको बताउँदै अबको बाटो आफ्नै देशमा विद्युतीय सवारीसाधनसहित विद्युतीय सामानहरु बढाउने रहेको बताउनुभयो । मन्त्री भुसालले असन्तुलित अर्थतन्त्रलाई सन्तुलित बनाउन विद्युतीय सवारी साधनहरुले सहयोग गर्ने पनि स्पष्ट पार्नुभयो ।

महिन्दाको लागि नेपालको आधिकारिक बिक्रेता अग्नि इन्करर्पोरेटेडले यो अटो भित्र्याएको हो । ध्वनी प्रदुषण नहुने, वातावरण सुहाँउदो र किफायती दाबी गरीएको यो ३ पाङग्रे सवारी नेपालको तराई भागलाई केन्द्रित गरी बजार प्रवेश गराइएको जनाइएको छ ।

पेट्रोल अटोसँग तुलना गर्दा वार्षिक २ लाखसम्म बचत हुने कम्पनीको दाबी छ । महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन मिश्रले अत्याधुनिक विशेषताका यी अटो वातावरणमैत्री हुनुका साथै किफायती हुनाले छिट्टै ग्राहकको रोजाइमा पर्ने बताउनुभयो ।

यसको स्थानीय बजार मुल्य ८ लाख ४० हजार तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४