Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानन्यायाधीशविरुद्ध महाअभियोगबारे सोचेका छैनौं– अध्यक्ष दाहाल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक ९ २०७८
  • 3.5K
    SHARES

‘एमालेले मलाई कति धेरै महत्व दिँदो रहेछ भन्ने कुरा चितवनका जनताले राम्रैसँग बुझ्ने भए नि त !’

चितवन । सत्तारुढ दलका एक घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउने सोन नभएको बताउनुभएको छ ।

मंगलबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले न्यायालय र यसको स्वतन्त्रतालाई कहिँकतैबाट आँच नआओस् भन्ने कुरामा आफूहरू सचेत रहेको बताउनुभयो ।

न्यायलयभित्रको विवाद न्याय क्षेत्रबाट छिट्ट्ै समाधान हुनेमा आफू विश्वस्त रहेको बताउँदै उहाँले हिजोमात्र भएको गठबन्धनका तीन पार्टीको बैठकमा महाअभियोग लगाउनेबारे छलफल नभएको स्पष्ट पार्नुभयो ।

एकजनालाई मन्त्री नियुक्त गरेको विषयले यहाँसम्म ठाउँ पाएको भन्दै अध्यक्ष दाहालले गजेन्द्र हमाल नेपाली कांग्रेसकै नेता भएका कारण मन्त्री बनाइएको प्रष्ट पार्नुभयो । तर, उहाँले राजीनामा दिएपछि नयाँ परिस्थीति बनेको बताउनुभयो ।

फरक प्रसङ्गमा अध्यक्ष दाहालले नेकपा (एमाले)को १० औं महाधिवेशन चितवनमा गर्नुलाई आफ्नो विजयी सुरुवातको रूपमा बुझ्नसमेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘एमालेले मलाई कति धेरै महत्व दिँदो रहेछ भन्ने कुरा चितवनका जनताले राम्रैसँग बुझ्ने भए नि त !’

साथै उहाँले काभ्रेमा जीपलाइन चढेको विषयलार्ई ठूलो इस्यू नबनाउन आग्रह गर्दै आफू सधैं जनताको दुःख, पीडामा मल्हम लगाउन सक्रिय भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४