Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पार्टी अवैध भइसक्यो, निर्वाचन आयोगको निगाहामा बाँचेको छ : रामचन्द्र पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक ६ २०७८
  • 5.8K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले वैधानिकता गुमाइसकेको र अहिले निर्वाचन आयोगको निगाहामा बाँचिरहेकाे टिप्पणी गरेका छन् ।

शनिबार कैलालीमा आयोजित कार्यक्रममा पौडेलले पार्टी विधान र मुलुकको संविधानअनुसार पार्टीको हालको केन्द्रीय कार्यसमितिले वैधानिकता गुमाइसकेको बताएका हुन् ।

पार्टीको विधानमा केन्द्रीय समितिको कार्यकाल ४ वर्ष तोकिएको  र असाधारण अवस्थामा १ वर्ष थप गर्न पाइने अवस्था रहेको तर त्यो समय पनि पूरा भइसकेको बताए ।

‘पार्टी विधानले ४ वर्ष कार्यकाल तोकेको छ । असाधारण अवस्थामा बढीमा १ वर्ष थप्न पाइने भनेको छ, त्यो पनि गइसक्यो । विधान अनुसार हामी अवैध भइसक्यौं’ उनले भने ।

संविधानले पनि राजनीतिक दलले ५ वर्ष ६ महिनाभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था गरेको तर कांग्रेसले त्यो अवधि पनि गुजारेको पौडेलले बताए । कांग्रेस वैधानिकताको सबै बाटो सकिएर अहिले निर्वाचन आयोगको निगाहामा बाँचेको उनले बताए ।

आफूले शनिबार मात्र निर्वाचन आयोगका आयुक्तसँग कुराकानी गरेको भन्दै पौडेलले मंसिरको ९ देखि १३ सम्म निर्वाचन गरेर नयाँ नेतृत्व चयन नगरे कारबाही हुनसक्ने जानकारी पाएको बताए । ‘मंसिरमा निर्वाचन प्रक्रिया अगाडि बढाउनुभएको छ, त्यो मितिसम्म प्रतीक्षा गर्छौं । त्यसपछि हामी ठूलो पार्टी सानो पार्टी भन्ने वाला छैनौं, कुनै छुट हुने छैन भन्नुभएको छ’ पौडेलले भने ।

उनले मंसिर १३ गतेसम्म नयाँ पदाधिकारी नचुनिए पार्टी आगामी चुनावबाट वञ्चित हुन सक्ने पनि बताए । ‘पार्टीलाई अवैध अवस्थामा राखेर टिकट बाँड्ने खेल गर्ने ? यस्तो सपना देख्ने ? यो प्रवृत्तिबाट नेपाललाई जोगाउनुपर्छ’ पौडेलले भने । सभापति शेरबहादुर देउवाका कारण पार्टीमा यो स्थिति आएको पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४