Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले चितवनको विवाद मिल्यो, कृष्णभक्तले छाडे अध्यक्षको दावी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक ५ २०७८
  • 3.5K
    SHARES

चितवन । १० बुँदे कार्यान्वयन गर्ने सम्वन्धमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनमा देखिएको विवाद अन्त्य भएको छ ।

एमाले चितवनको बिहीबार भरतपुरमा बसेको १०औं जिल्ला अधिवेशन आयोजक समितिको तेस्रो बैठकले विवाद समाधान गरेको एमाले चितवनका निवर्तमान अध्यक्ष कृष्णभक्त पोखरेलले बताए ।

एमाले २०७५ जेठ २ मा फर्किने सन्दर्भमा एमाले चितवनमा विवाद देखिएको थियो । २०७५ जेठ २ मा फर्किदा चितवन निर्वाचन क्षेत्र नं २ का सांसदसमेत रहेका कृष्णभक्त पोखरेल अध्यक्ष हुनुपर्ने थियो ।

सांसद पोखरेल १० बुँदे सहमतिभन्दा अगाडि नै एमालेको मूल प्रवाहमा समेटिसकेका थिए । उनले क्यान्सर अस्पताल भरतपुरको अडिटोरियम हलमा २०७८ बैशाख ११ गते बसेको एमाले चितवनको दोस्रो पूर्ण बैठकमा अध्यक्ष पदसहितको जिम्मेवारी तत्कालिन जिल्ला सचिवसमेत रहेकी नेतृ पार्वती रावललाई हस्तान्तरण गरेका थिए । तथापी नेतृ रावल, २०७७ पुस ५ गतेको संसद विघठन गर्ने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि फुट आएको नेकपामा केपी ओली पक्षको जिल्ला अध्यक्ष भएर काम गरिसकेकी थिइन् ।

‘जेठ २ मा फर्किने सन्दर्भमा कुनै समस्या होइन र थिएन, तर तत्कालिन अध्यक्ष स्वंयले नै अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेकोले मेरो दावी स्वभाविक रहेको देखिएको हो’ नेतृ रावलले भनिन्, ‘अहिले हामी त्योभन्दा पनि धेरै अगाडि बढेका छौं, सिङ्गो पार्टी एक ढिक्का बनेको छ ।’

बागमती प्रदेशको अन्य जिल्लामा १० बुँदे कार्यान्वयन गर्ने सहमती लागु भए पनि चितवनमा भने विशिष्ट अवस्था देखिएको थियो । एमाले निवर्तमान जिल्ला अध्यक्ष कृष्णभक्त पोखेरलले भने १० बुँदे सहमति कार्यान्वयन भएको सन्देश दिन केही महीनाका लागि मात्रै अध्यक्ष हुने चाहना राखेका थिए ।

पार्टी नेतृत्वकै निर्देशन अनुसार दुई पटकसम्म पार्टीको जिल्ला कमिटीको बैठकको आयोजना पोखरेलले गरे पनि त्यसमा सहमति हुन सकेको थिएन । उनले समाजवादीतिर गएका केही  व्‍यक्तिहरुलाई एमालेकै मूल प्रवाहमा जोड्नका लागि मात्रै आफू अध्यक्ष बन्न चाहेको बताउँदै आएका थिए ।

‘अधिवेशन नजिक आइसक्यो, फेरि १० बुँदेभन्दा सबै संरचनाहरु भत्कने, मनोविज्ञानहरु भत्कने देखिएपछि एकतासहितको नयाँ परिस्थितिमा उभिएका छौं’ पोखरेलले भने, ‘यसले पार्टीलाई थप बलियो र चितवनमा थप शशक्त बनाउँछ भन्ने विश्वास छ ।’

आफू पक्षीय केही नेतालाई जिल्ला कमिटीमा ल्याएपछि निवर्तमान अध्यक्ष पोखरेलले अध्यक्षको दाबी छाडेका छन् । उनी पक्षका नेता प्रकाश ढुंगानालाई बिहीवारको बैठकले जिल्ला उपसचिवमा मनोनयन गरेको छ ।

निवर्तमान अध्यक्ष रहेका सांसद कृष्णभक्त पोखरेल पनि बागमती प्रदेश कमिटी सदस्य बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४