Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कमजोरीबाट नसिक्नेलाई इतिहासले माफी दिँदैन–गगन थापा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज २४ २०७८
  • 5.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले इतिहासको कमजोरीबाट नसिक्ने हो भने अप्ठेरोमा पर्ने चेतावनी दिनुभएको छ ।

काठमाडौंमा आइतबार गरिएको एक कार्यक्रममा नेता थापाले कांग्रेसलाई गल्ती गर्ने छुट नभएको पनि बताउनुभयो ।

कसैको नाम नलिई इतिहासको कमजोरीबाट नसिक्ने हो भने उसलाई अफ्ठ्यारो हुने बताउनुभएका थापाको इशारा पार्टी सभापति एवं प्रधानमन्त्री देउवातर्फ लक्षित थियो ।

गजेन्द्र हमाललाई मन्त्री बनाइएपछि भएको आलोचनातर्फ संकेत गर्दै थापाले भन्नुभयो, ‘गजेन्द्र हमालले राजीनामा दिनुभयो, एकदम राम्रो भयो । उहाँको परिवारको योगदान कांग्रेसले कहिल्यै बिर्सन सक्दैन तर ढाँट्ने र उज्यालोमा जवाफ दिन नसक्ने काम कांग्रेसले गर्नै मिल्दैन ।’

ढाँट्ने र छलकपट गर्ने कामको जिम्मा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाएको भन्दै नेता थापाले थप्नुभयो, ‘हामी केपी ओली होइनौँ ढाँटिरहनका लागि । ढाँट्ने र छल्ने कामको जिम्मा केपी ओलीलाई नै दिऊँ । कांग्रेसले उज्यालोमा वकालत गर्न नसक्ने काम नगरौँ ।’

यसअघि सामाजिक सञ्जालमा टिप्पणी गर्दै थापाले इतिहासबाट शिक्षा लिन अभिशप्त नै हौ ? भन्दै प्रश्न गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४