Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आईपीएलमा लिगका अन्तिम दुई खेल एकै समयमा, रोचक बन्यो क्वालिफायर समीकरण


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २२ २०७८
  • 4.3K
    SHARES

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत शुक्रबार लिगका अन्तिम दुई खेल एकै समयमा हुँदैछन् ।

दुबई क्रिकेट मैदानमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुँदा आवूधाबीमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ । दिल्ली शीर्षस्थानमा रहँदै क्वालिफायर पुगिसकेको छ ।

बेंगलोरको शीर्ष दुईमा रहने अंक गणीतिय सम्भावना मात्रै बाँकी छ । शुक्रबारको खेलमा बेंगलोरले क्वालिफायरमा स्थान बनाउन दिल्लीलाई विशाल अन्तरले हराउनुपर्ने हुन्छ । यता, मुम्बईलाई शीर्ष चारमा रहन असम्भव मानिने समीकरण छ ।

मुम्बईले पहिले बलिङ गर्नुपरेमा समीकरणनै समाप्त हुनेछ । पहिला ब्याटिङ गरेर हैदराबादलाई १ सय ७० बढी रनको फराकिलो अन्तरको जित निकाल्न सकेमात्रै प्लेअफमा पुग्नेछ ।

हैदराबादलाई भने मुम्बईसँगको खेल प्रतिष्ठाको लडाईं मात्रै हो । हैदराबाद अन्तिम खेलमा जितका साथ लिग अन्त्य गर्न चाहन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४