Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

घटस्थापनाको साइतमा मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री देउवाको कसरत


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज २१ २०७८
  • 2.1K
    SHARES

काठमाडौं । सरकार गठनको ८७ दिनपछि आज मन्त्रिमण्डलले पूर्णता पाउने भएको छ । मन्त्रालय भागवण्डा लगायतका विषयमा गठबन्धनका शीर्ष नेताहरुबीच सहमति जुटेपछि सरकारले आज पूर्णता पाउने भएको हो ।

मंगलबार नै दलहरुबीच सरकार विस्तारका विषयमा सहमति जुटेपनि प्रधानमन्त्री शेरबहादुर देउवाले घटस्थापनाको साइतमा मन्त्रिमण्डल विस्तार गर्ने प्रस्ताव गरेपछि आज मन्त्रीहरुको सपथ हुने भएको हो ।

तर अहिलेसम्म माओवादी केन्द्रबाहेक अन्य दलहरुले मन्त्रीको नाम टुंगो लगाउन सकेका छैनन् । माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने हुनुभएको छ । यस्तै राज्यमन्त्रीका लागि मोधमाया यादवको नाम टुंगो लागेको छ ।

माओवादीबाट यसअघि नै जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीको रुपमा सरकारमा सहभागी हुनुहुन्छ । यस्तै नेपाली कांग्रेसमा कसलाई मन्त्री बनाउने भन्ने विषयमा सहमति जुट्न नसकेको बताइएको छ ।

सो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आफुलाई तीन मन्त्रालय दिनुपर्ने अडान राखेपछि सहमति जुट्न नसकेको नेताहरु बताउँछन् । हिजो साँझ बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक बसेपनि सहमति जुट्न सकेन् ।

प्रधानमन्त्री समेत रहनुभएका कांग्रेस सभापति देउवाले पौडेल समूहलाई दुई र सिटौला समूहलाई एक मन्त्रीको नाम सिफारिस गर्न आग्रह गर्नुभएको छ ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीले सरकारमा जानेहरुको नाम टुंगो लगाईसकेको बताइएको छ । जनता समाजवादी पार्टीबाट मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेताले पाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४