Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश एकमा विद्युत् प्रसारण र वितरणको मेरुदण्ड तयार भयो– कुलमान घिसिङ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज २० २०७८
  • 2.7K
    SHARES

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्गले प्रदेश एकमा विद्युत प्रसारण तथा वितरणका लागि मेरुदण्ड तयार भएको बताउनुभयो ।

कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सम्पन्न भएपछि काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक घिसिङले प्रसारण लाइनले प्रदेश एकमा भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनुका साथै अन्तर्राष्ट्रिय स्तरमा बेच्नसमेत सक्ने बताउनुभयो ।

कोसी करिडोर र कावेली करिडोर प्रसारण लाइनलाई लिंक गर्न लागिएको जानकारी दिँदै उहाँले आयोजनाअन्तर्गतका सबस्टेसनहरूको निर्माण सम्पन्न भएपछि यस क्षेत्रको विद्युत आपूर्ति गुणस्तरीय र विश्वसनीय हुने दाबी समेत गर्नुभयो ।

१३ अर्ब २१ करोड बराबरको प्रसारण लाइन निर्माण आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैंकमार्फत दिएको सहुलितपूर्ण ऋणमा निर्माण भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । एक्जिम बैंकबाट १ अर्ब ६२ बराबरको सहुलितपूर्ण ऋण प्रवाह भएको छ ।

कोसी करिडोर प्रसारण लाइन आयोजना मार्फत तुम्लिङटारदेखि बसन्तपुरसम्म करिब १ हजार मेगावाट, ताप्लेजुङ्गको ढुंगेसाँघु्देखि बसन्तपुरसम्म १ हजार मेगावाट र बसन्तपुरदेखि इनरुवासम्म करिब २ हजार मेगावाट विद्युत प्रसारण गर्न सकिने आयोजनाले जनाएको छ ।
साथै एक नम्बर प्रदेशका जिल्लाहरूमा विद्युत् विश्वसनीय विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरण सञ्जाल बन्ने दाबी नेपाल विद्युत प्राधिकरणले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४