Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चितवन टाइगर्स पहिलो पटक ईपीएलको फाइनलमा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज २० २०७८
  • 2.1K
    SHARES

काठमाडौं । पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै सोमपाल कामीको कप्तानीमा रहेको चितवन टाइगर्स पहिलो पटक एभरेष्ट प्रिमियर लिग(ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको पटक फाइनलमा पुगेको छ ।

ईपीएलको पहिलो क्वालिफायरमा चितवनले बलिङ र ब्याटिङ दुवैमा शानदार प्रदर्शनका साथ पहिलो पटक फाइनलमा स्थान पक्का गरेको छ । जितको लागि ६७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको चितवनले ७ दशमलव ५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।

उसका लागि ओपनर मोहम्मद शाहजादले २६ बलमा ७ चौका र २ छक्कासहित ४८ रनमा क्याच आउट भए । शाहजाद, नन्दन यादवको बलमा कट एण्ड बोल्ड आउट हुन पुगेका थिए । हासिम अन्सारी २० बलमा १ चौका र १ छक्कासहित १४ रन र करिम जन्नत ४ रनमा अविजित रहे । हासिमले जारी ईपीएलमा पहिलो खेल खेलेका हुन् ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा १५ ओभरमा ६६ रनमा अल आउट भएको थियो । पोखरा रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाए । चितवनको बलिङ सामु पोखरा ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एक समय ७ दशमलव ५ ओभरमा ४०–१ को अवस्थामा रहेको पोखराले खराब ब्याटिङ गर्दै बाँकी १६ रन जोड्न ९ विकेट गुमाएपछि ६६ रनमै अल आउट भएको हो । यो ईपीएल इतिहासकै सर्वाधिक कम योगफल हो । यसअघि २०१८ मा पोखराले विराटनगर वारियर्सविरुद्ध सर्वाधिक कम ८४ रन बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४