Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१३ गोलको रेकर्ड तोड्ने चाहना छ : अन्जन विष्ट


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज १९ २०७८
  • 2.7K
    SHARES

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अन्जन विष्टले नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान तोड्ने चाहना रहेको बताएका छन् ।

माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिपमा सोमबार राति श्रीलंकालाई ३–२ ले पराजित गर्दा गोल गरेका अन्जनले खेलपछि यस्तो चाहना व्यक्त गरेका हुन् ।

नेपालको जितमा अन्जनसँगै सुमन लामा र आयुष घलानले पनि गोल गरे । श्रीलंका विरुद्धको गोल अन्जनको राष्ट्रिय टिमको लागि छैटौं गोल हो भने सुमन र आयुषको डेब्यु गोल हो ।

नेपालका लागि हरि खड्का र निराजन रायमाझीको नाममा सर्वाधिक १३ गोल गरेको कीर्तिमान छ । तर लामो समयसम्म पनि यो कीर्तिमान तोडिन सकेको छैन ।

पछिल्लो पटक नेपालका लागि लगातार गोल गर्दै आएका अन्जनलाई श्रीलंकाविरुद्ध गोल गर्दै म्यान अफ द म्याच बनेपछि सर्वाधिक गोल गर्ने चाहना रहेको बताएका हुन् ।

‘रेकर्ड तोड्ने चाहना भइहाल्छ । १३ गोलमा अड्किराछ,’ अन्जनले पोष्टम्याच कन्फ्रेन्समा भने, ‘मुख्य कुरा नेपालमा फरवार्डले मात्र गोल हान्नुपर्छ भन्ने छ तर फरवार्डले मात्र होइन सबैले गोल हान्छ । अहिले मिडफिल्डरले पनि गोल हानेको छ । मेरो पनि चाहना छ १३ गोलको त्यो रेकर्ड तोड्ने । त्यसका लागि म अझै मिहिनेत गर्नेछु ।’

सन् २०१४ मा फिलिपिन्स विरुद्ध खेल्दै नेपालका लागि डेब्यु गरेका अन्जनले पहिलो राष्ट्रिय गोल गर्न पाँच वर्ष कुर्नुपरेको थियो । विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेई विरुद्ध सन् २०१९ मा उनले एकै खेलमा २ गोल गरेका थिए ।

यस्तै उनले २०२१ मा मात्रै ४ गोल गरिसकेका छन् । गत मेमा इराक विरुद्ध मैत्रीपूर्ण खेलमा गोल गरेका अन्जनले जुनमा विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेई विरुद्ध गोल गरेका थिए ।

त्यसपछि उनले सेप्टेम्बरमा दशरथ रंगशालामा भएको भारत विरुद्ध मैत्रीपूर्ण खेलमा गोल गरेका थिए ।

केही समयअघिसम्म पनि नेपाल अन्तर्राष्ट्रिय खेलमा गोलकै लागि चुकिरहेको हुन्थ्यो । प्रशिक्षक अलमुताइरीको आगमनपछि भने अन्जनले भने जस्तै नेपालका अन्य खेलाडीहरुले पनि गोल गर्न थालिरहेका छन् । २३ वर्षीय अन्जनले पनि अलमुताइरीकै प्रशिक्षणमा ४ गोल गरिसके ।

प्रशिक्षकले देखाएको विश्वासप्रति उनले आभार पनि व्यक्त गरे । यस्तै उनले प्रशिक्षक र समर्थकलाई धन्यवाद दिए । ‘मलाई विश्वास गर्नु भएकोमा प्रशिक्षकलाई धन्यवाद । सबै नेपाली समर्थकहरुलाई समेत धेरै धन्यवाद,’ अन्जनले थपे ।

अन्जनले सर्वाधिक गोलको कीर्तिमान बराबरी गर्न अझै ७ गोल गर्नुपर्नेछ । त्यसका लागि उनले अझ मिहिनेत गर्ने प्रष्ट पारिसकेका छन् । भर्खर २३ वर्ष मात्र भएकाले अन्जनमा त्यो सम्भावना पनि छ ।

साफ च्याम्पियनसिप अन्तर्गत नेपालले आफ्नो तेस्रो खेल छिमेकी भारतसँग असोज २४ गते खेल्दैछ ।

नतिजाबाट सन्तुष्ट छु : प्रशिक्षक अलमुताइरी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४