Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विद्युत प्राधिकरणले इन्टरनेटको तार नकाट्ने, पोलको भाडा तिर्न सहमति


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १७ २०७८
  • 4.2K
    SHARES

काठमाडौं,  । नेपाल विद्युत प्राधिकरणले तत्कालका लागि इन्टरनेटको तार नकाट्ने भएको छ ।

आइतबार उर्जा मन्त्रालय, नेपाल टेलिकम, दुरसञ्चार प्राधिकरण र सुचना प्रविधि तथा सञ्चार मन्त्रालयको बैठकमा नेपाल विद्युत प्राधिकरणले तत्काल इन्टरनेट सेवा अवरुद्ध नगर्ने तर कात्तिक मसान्तभित्रै सेवा प्रदायकले पोलको भाडा तिनुपर्ने सहमति भएको सञ्चार मन्त्रालय प्रवक्ता विनोद सिंहले जानकारी दिनुभयो ।

समस्या समाधानका लागि सञ्चार मन्त्रालयका सहसचिवको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ । तत्काल ईन्टरनेट सेवा अवरुद्ध नगर्ने तर कात्तिक मसान्तभित्रै सेवा प्रदायकले पोलमा तार टाँगिएको ठाउँ स्वघोषणा गरी पोलको भाडा तिर्ने सहमति भएको सिंहले बताउनुभयो ।

सेवाप्रदायकले स्वघोषणा गरेको समयभित्रै भाडा तिर्नुपर्नेछ । नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रदायक संस्थाहरुले तिर्नुपर्ने पोल भाडा नतिरको भन्दै शनिबार सांकेतिक रुपमा भन्दै उपत्यका लगायत विभिन्न जिल्लाहरुमा इन्टरनेटको तार काटेपछि व्यापक विरोध भएको थियो ।

प्राधिकरणले इन्टरनेट सेवाप्रदायक कम्पनीलाई सम्पर्कमा आएर आफ्ना बक्यौता तिर्न २ महिनादेखि ताकेता गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४