Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साफ च्याम्पियनसिप : मनिसको गोलमा नेपालको विजयी सुरुआत माल्दिभ्स साफमा पहिलो पटक नेपालसँग पराजित


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज १६ २०७८
  • 3.6K
    SHARES

काठमाडौं । मनिस डाँगीले गरेको एक मात्र गोल मद्दतमा नेपालले साफ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको गरेको छ ।

शुक्रबारदेखि माल्दिभ्समा सुरु साफ च्याम्पियनसिपको १३औं संस्करणमा नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई १-० ले पराजित गरेको हो ।

६९औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका डाँगीले ८६औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

नेपालका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुले केही उत्कृष्ट बचाउ गर्दा माल्दिभ्स गोल गर्नबाट बन्चित बनेको थियो ।

साविक विजेता तथा घरेलु टोलीविरुद्ध जितपछि नेपालले तीन अंक जोड्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

नेपालले साफ च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध आठ खेल खेल्दा पहिलो जित हात पारेको हो । यसअघिका सात खेलमा नेपालले दुई खेल बराबरी गर्न सफल हुँदा पाँच खेलमा हार बेहोरेको थियो ।

सन् २०१८ मा बंगलादेशमा भएको पछिल्लो साफमा नेपाल सेमिफाइनलमा माल्दिभ्सँग ३-० ले पराजित भएको थियो । नेपालले त्यस हारको बदलासमेत लिएको छ ।

पाँच टिम सहभागी साफमा नेपालले अब दोस्रो खेलमा श्रीलंकासँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।

फोटो : /एन्फा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४