Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चितवन टाइगर्स ईपीएल क्रिकेटको प्लेअफमा प्रवेश


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज १५ २०७८
  • 2.6K
    SHARES

काठमाडौं । चितवन टाइगर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ ।

शुक्रबार भएको खेलमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको चितवनले २ खेल अगावै प्लेअफमा स्थान पक्का गरेको हो ।

अफगानिस्तानका ब्याट्सम्यान मोहम्मद शाहजाद र भीम सार्कीले शतकीय साझेदारी गरेपछि पोखराले दिएको १ सय २४ रनको लक्ष्य चितवनले १७ ओभर खेल्दै १ विकेट मात्र गुमाएर पूरा गरेको हो । पोखराका विक्रम सोबले १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो । पोखराका अलराउण्डर विवेक यादवले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । चितवनका कमल सिंह ऐरी र शाहब आलमले २–२ विकेट लिए ।

योसँगै चितवन प्लेअफमा पुग्ने पहिलो टिम पनि बनेको छ । अपराजित चितवन ६ अंकसहित शीर्ष स्थानमा छ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४