Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विवेकको अर्धशतक, पोखराले चितवनलाई दियो १२४ रनको लक्ष्य


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज १५ २०७८
  • 2.9K
    SHARES

 काठमाडौं। बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ मा अहिले भइरहेको खेलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई १२४ रनको लक्ष्य दिएको छ ।

टप अर्डर फ्लप हुँदा लोअर अर्डका विवेक यादवले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले ७ विकेट गुमाएर १२३ रन बनाएको हो।

४२ रनमै ५ विकेट गुमाएको पोखराका लागि असेला गुनारत्ने र विववेकले ५६ रनको साझेदारी गर्दै इनिङ्सलाई उकासेका थिए। विवेकले ४५ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा अविजित ५३ रन बनाए ।

गुनारत्नेले २६ बल खेल्दै १ चौका मद्दतमा २५ रन जोडे । ओपनर रिचर्ड लेभीले १७ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा २० रन जोडे ।

केज्रिक विलियम्स २ रनमा अविजित रहे। चितवनका कमल सिंह ऐरी र शाहब आलमले २-२ विकेट लिए। शाहबले ४ ओभरमा १७ रन मात्र खर्चिए भने कमलले ४ ओभरमा ४० रन खर्चिए ।

सबैभन्दा किफायती बलर बनेका कप्तान सोमपाल कामीले ४ ओभरमा १ मेडन राख्दै १२ रन मात्र खर्चिएर १ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४