Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारत–चीनबीच पुनः सीमामा तनाव, आरोप–प्रत्यारोप सुरु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज १५ २०७८
  • 4.3K
    SHARES

भारतले चीनमाथि लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा सैनिकको सङ्ख्या बढाइरहेको आरोप लगाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार चीनले सीमा क्षेत्रमा हतियारको तैनाथी पनि बढाएको आरोप लगाएका हुन् । उनले भारतले चीनको पछिल्लो गतिविधिमाथि नजर राखिरहेको स्पष्ट पारे ।

पत्रकार सम्मेलनका दौरान बागचीले भने, ‘चीनले उक्साउने हर्कत गर्दै एलएसीमा बदलावको प्रयास गरिरहेको छ । तर, भारतलाई आफ्नो सीमाको रक्षा गर्न आउँछ । हामी हाम्रो हकहितको सुरक्षाका लागि तयार छौँ ।

बुधबार चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनियाङले भारतीय सेनामाथि गैरकानुनी ढङ्गले चीनको जमिनमा कब्जा जमाइरहेको आरोप लगाएकी थिइन् । भारतीय विदेश मन्त्रालयले भने चीनको दाबी र आरोपलाई खण्डन गर्दै उल्टै चीनले सीमामा सैन्य तैनाथी बढाइरहेको आरोप लगाएको छ ।

‘हामीले एलएसीमा जुन तैनाथी गरेका छौँ, त्यो चीनको तयारीको जवाफ हो । यदि चीनको तर्फबाट केही हरकत हुन्छ भने भारतले पनि त्यसको जवाफ दिने अधिकार छ । हामी लद्दाखमा समाधान नभएका मुद्दा वार्ताको माध्यमबाट चीनले टुङ्गाओस् भन्ने चाहन्छौँ,’ बागचीले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४