Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कांग्रेस पार्टीमा पैसाको चलखेलले सर्वसाधारण कार्यकर्तालाई पार्टी चुनाव लड्न मुस्किल !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज १३ २०७८
  • 8.4K
    SHARES

  • कति मुस्किल होला आगामी स्थानीय तह प्रदेश र संघीय चुनाव ?

पार्टीको आन्तरिक प्रतिस्पर्धामा नै खर्चले नसोचेको आकार ग्रहण गर्दैछ भने अरु इतर पार्टी प्रतिस्पर्धा र चुनाव कति खर्चिलो र बोझिलो बन्ला ? नेपाली कांग्रेस यति बेला आफ्नो गाउँ तह देखि गाउँ पालिका हुदै नगर पालिका क्षेत्र प्रदेस र केन्द्रिय महाधिवेशनको चट्टारो र तयारीमा छ l गाउँ तह देखि महाधिवेशनको रन्को क्रमबद्ध केन्द्रमा आउंदै छ l आ-आफ्नो निकायबाट कांग्रेसहरु चुनिदै, छानिदै प्रतिस्पर्धाको मैदानबाट आइरहेको समाचारले समाचार पत्रहरु भरिएका छन् l कांग्रेसमा युवा आकर्षण बढेको र युवाहरु निर्वाचित बनेका समाचार प्राथमिकताको सूचीमा देखिन्छन् जुन असल पक्ष पनि हो l राजनीतिमा युवाहरुको आकर्षण निश्चय नै स्वागत योग्य पक्ष हो l

देसको मैलो सोर्ने र राजनीतिलाई सफा पार्ने काम युवा पंक्तिले गर्न खोज्नुलाई सकरात्मक रुपमा लिइन्छ l तर सोचनीय पक्ष विचारणीय विषय युवा उमेरमा मात्र युवा छन् कि सकारात्मक सोच शैली र व्यवहार अनि अनुशासनमा पनि युवा छन ? युवा उमेर हुनु बलिया हात पाखुरा हुनु, कपाल सेतो नहुनु र जुँगा कालो हुनु मात्रै युवाको युवा परिचय होइन l विचार मन मस्तिष्कले युवा आफ्ना अग्रज भन्दा युवा देखिनु पर्छ l युवा विचार र सोच हो l यो यूगको हाँक खप्न र बोक्न सक्ने समाज देश पार्टी र राजनीतिलाई आधुनिक परिवेश अनुसार हिँडाउन सक्ने देखिनुपर्छ अन्यथा एज नम्बर मात्रै हो l एजेन्डा महत्वपूर्ण विषय हुन्छ l

कांग्रेस राजनीतिमा युवाको सहभागिता सुन्दर पक्ष भए पनि युवाले जुन शैली र संस्कार बोकेर राजनीतिमा च्याँखे थापेका छ्न त्यो सुन्दर भएर आएको छैन भन्ने कांग्रेस जनको धारणा र स्वतन्त्र विश्लेषकहरुको विचार छ l युवा आकर्षण र आन्तरिक प्रतिस्पर्धामा कामयावी भए पनि युवा जुन शैली र तवरबाट निर्वाचित भएका र हुँदैछन् त्यसको संकेत शुभ मान्नु हुदैन भन्ने मत धेरै छ l पार्टी भित्रको प्रतिस्पर्धा र पार्टी एकाईको जिम्मेवारी लिन अपनाईनएको बिधि र गरिएको खर्च स्वाभाविक छैन l पार्टी राजनीतिमा स्थापित हुन् यति महँगो खर्च गर्नुपर्छ भने अरु पार्टीसँगको प्रतिस्पर्धा गरेर राज्यका बिभिन्न निकायको कार्यकारी पदमा चुनाव भिड्न कति खर्च लाग्ला ? खर्च हुनेलाई सहज होला तर नहुने नेताकार्यकर्ताले राजनीति नगर्ने हो ? यो राजनीतिको अवगुण नै धन हुनेको लागि रह्यो l निष्ठा त्याग समर्पण र इमानमा रहनेले राजनीति कसरी गर्ने सोच्ने बेला भएन र ? धनाड्य र कुलीनतन्त्रकै बोलवाला र पहुँच आजको राजनीति हो भने गणतन्त्र र अरु व्यवस्थामा फरक के रह्यो ? प्रश्नहरु गम्भीर ढंगले उठ्ने भयो l उठिरहेका छन् l

केही समयअघि आफ्ना पार्टी कार्यकर्ताको प्रशिक्षणमा प्रचण्ड स्वयं भन्दै थिए अब चुनाव महँगो र खर्चिलो भयो चुनाव कसरी लड्नु ? स्थानीय निकायदेखि केन्द्र सम्मको चुनावी खर्च र लाग्ने रकम बारे चर्चा गर्दै थिए त्यो आम राजनीतिको समस्या र सबै पार्टीको टाउको दुखाईको विषय बन्यो l कांग्रेस महाधिवेसनमा जसरी खर्च हुँदै गरेको सुनिन्छ त्यसले भोलिको राजनीति र चुनावमा हुने विसंगत पक्षको पूर्वअनुमान गर्न सकिन्छ l चुनाव कसका लागि ? किन अब गम्भीर समीक्षाको जरुरी छ यो कुनै विशेष पार्टी र तिनका नेताको लागि मात्र होइन किनकि कुनै पनि पार्टीमा सम्पन्न र धनाड्य मात्रै छैनन् सर्वसाधारण पनि छन् l सबै पार्टीमा सर्वसाधारण पनि राजनीतिमा उल्लेख्य छन् l तसर्थ सर्वसाधारणलाई बितृष्णा जन्माउने कारण त बन्दै छैन राजनीतिमा अनावश्यक अर्थ राजनीति ? 

प्रसंग कांग्रेस स्थानीय अधिवेसनदेखि महाधिवेशन सम्म l कांग्रेस देसको पुरानो पार्टी यसले कस्तो संस्कार र चलन बसाउँछ त्यसको ठुलो प्रभाव देसको समग्र पक्षमा रहन्छ l कांग्रेस सुधारिनु र बिग्रनु कांग्रेसको लागि मात्र होइन देसको सर्वत्र चासोको विषय हो l कांग्रेसले लिने निर्णय र बसाउने संस्कारसँग देसको सरोकार रहन्छ l कांग्रेसको निजी मामला र विषय भनेर पन्छिन किन पनि सकिदैन भने कांग्रेस रुलिंग पार्टी र भोलि निर्वाचन मार्फत पनि आउने आजसम्म प्रवल सम्भावना भएको पार्टी हो l अत कांग्रेसले लिने निर्णयको वर्तमान र दूरगामी प्रभाव रहन्छ l पार्टीहरुको निर्णय क्षमताले देश कसरी प्रभावित हुन्छ भन्नेकुरा नेकपाको फुट र त्यसपछि नेकपा एमालेको फूट्ले देखाएको छ l एमाले फुट्दाको असर देसले कसरी भोगिरहेछ देसमा सरकारको स्थायित्वको सपना कसरी तुहियो त्यो सर्वविदितै छ l

कांग्रेस भित्रको प्रतिष्पर्धामा खर्च नभएर हारियो, पैसा नभएर चुनाव लडन सकिएन,रकम अभावमा चुनाव हारिने भयो भन्ने गुनासो यत्र तत्र सुनिन थालेको कारण यो विषयको चर्चा भएको हो l पार्टी निष्ठामा बसेका कार्यकर्तालाई रकम नभएर परेको पिरलो देशव्यापी भएको र कांग्रेस दोलखाले आर्थिक सिण्डिकेटको रुपमा केन्द्रले भन्दा बढी रकम उमेद्वार मनोनयन गर्न तोकेको कारण यतिबेला यो समाचार पनि भाइरल छ l कांग्रेसले जिल्ला अधिवेशनमा उमेद्वार बन्न पार्टी सभापतिको लागि ६० हजार, महाधिवेशन प्रतिनिधिको लागि ५० हजार र जिल्ला पदाधिकारीको लागो ४० हजार र क्षेत्रीय सभापतिको लागि ३० हजार तोकेर पैसा हुनेको लागि राजनीति भन्ने नजिर बसाउन खोज्दै छ जसको तीव्र आलोचना र आक्रोश पैदा भएको छ l यसरी राजनीतिलाई पैसा हुनेको खेल बनाउनु र कांग्रेसलाई पैसावालाको पार्टी बनाउने उदेश्य भित्रको रहस्य कांग्रेस गरिबको लागि होइन भन्ने सन्देस होइन र ? आफ्ना जिल्लाका देशमै प्रतिष्ठित र निष्ठा, सादगी सरलता र किफायती जिन्दगीको शैली भएका नेता स्वर्गीय भीमबहादुर तामांगको खिल्ली उडाएको छ l

 विपिको समाजवादको मर्म र उदेश्य नबुझ्ने नेताकार्यकर्ता हावी भएको कारण यस्तो भएको हुनसक्छ ? कांग्रेस केन्द्रले हस्तक्षेप गर्नु अत्यावश्यक छ l कांग्रेस अधिवेशनमा देखिएको अर्को पक्ष पनि छ l बिभिन्न पेशा व्यवसायमा जमेर बसेकाहरु पनि कांग्रेसको आन्तरिक राजनीति र संगठनमा पसे पछि कांग्रेसमा निष्ठाको राजनीति गरेर बसेकाहरुलाई हराउदै कांग्रेस प्रतिनिधि बनेका देखिन्छन् जसमा पनि पैसा र केन्द्रमा बस्दाको पहुच सजिलै देख्न सकिन्छ यसरी राजनीतिमा पैसाको बोलावाला र बाहुल्यता देखिन थाले पछि निष्ठाको राजनीति गरेर बसेका तर पैसा नहुनेको पलायन अवश्यम्भावी छ l अर्को कुरा जो जसले प्रतिनिधि र पार्टीमा बिभिन्न प्रतिस्पर्धा जितेर आएका छन् तिनको सार्वजनिक अभिव्यक्ति शैली र सिन्दुर जात्राविजय जुलुस माला खादाको प्रदर्शन हेर्दा विपक्षी पार्टीलाई चुनावमा हराएर राज्यको कार्यकारी पदमा पुगेको भान दिलाउँछ जसले गर्दा पार्टीको आन्तरिक प्रतिष्पर्धीको मनोदशा कस्तो भयो होला यसमा कसैको ध्यान गएको देखिन्न l

के यस्ता कुरा र संस्कारले राजनीति बलियो र पार्टी बलियो हुन्छ ? आफू पराजित हुँदा संसदीय चुनावमा आफ्ना प्रतिस्पर्धीलाई आफुले बुनेको माला लगाई दिएर उन्नत संस्कार प्रदर्शन गर्ने विश्व प्रकाश शर्मा जस्ता नेता भएको कांग्रेसमा किन उनको त्यो शैलीको अनुकरण गर्न सक्तैनन् कांग्रेसजन ? अभद्र र आफ्नै साथी चिढिने इखिने गरि गरिने राजनीतिले जितिन्छ के ? जितिन्छ कसलाई ? मनि,मसल्स र मुक्काको प्रदर्शनमा होइन प्रतिस्पर्धा माइण्ड मेहनत र मोरालको प्रतिस्पर्धा हो राजनीति l तामझाम दुई दिनको राम रमिता होइन अटुट र शृंखलाबद्ध सामाजिक सेवा र संस्कार हो राजनीति l पार्टी राजनीति महँगो र खर्चिलो र सामान्य कार्यकर्ताले धान्न नसक्ने बनाउने हो भने आगामी स्थानीय चुनाव, प्रदेश सभा चुनाव र संघीय संसद्को चुनाव कसरी लड्छौ र जित्छौ कांग्रेसजन ?

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४