Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुनावमा भाग नलिने विप्लव समूहको निर्णय


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १० २०७८
  • 4.9K
    SHARES

काठमाडौं,  । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी संसदीय चुनावमा भाग नलिने निर्णय गरेको छ ।

तनहुँको बन्दिपुरमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो । असोज १ देखि ५ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले प्रगतिशील संयुक्त सरकार बनाएर जनमत संग्रहमा जाने निर्णय गरेको पार्टीले जनाएको छ ।

बैठकका निर्णय काठमाडौंमा पत्रकार सम्मेलन मार्फत जानकारी दिने नेताहरुले बताएका छन् । दलाल संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्ने विषयमा जनमत संग्रहमा जाने विषयलाई देशैभर बहसको रुपमा लगेर माहोल बनाइने नेकपाको तयारी छ । यदि, जनमत संग्रह गर्ने स्थिति नभएमा संसदीय चुनाव के गर्ने भन्ने विषयमा त्यतिबेलाको परिस्थिति हेरेर निर्णय गर्ने भएको छ ।

यस्तै यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न पहल गर्ने निर्णयसमेत भएको नेताहरुले बताएका छन् । पार्टी स्थापना दिवसको उपलक्ष्यमा नेकपाले मंसिर ८ गते काठमाडौंमा बृहत् आमसभा गर्ने जनाएको छ । नेकपाले आगामी फागुनमा पार्टीको नवौं महाधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४