पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको तीन सदस्यीय कार्यदलले क्रियाशील सदस्यता विवाद टुंग्याए पनि कार्यान्वयनमा सहमति जुट्न नसकेको हो । प्रदेश दुईका ६ जिल्लासहित रसुवा र कैलालीको क्रियाशील सदस्यता सार्वजनिक गर्न बाँकी छ । क्रियाशील सदस्यता टुंग्याउन कांग्रेस नेताहरु रमेश लेखक र डा. मिनेन्द्र रिजाल छलफलमा छन् ।
कांग्रेसमा ६४ जिल्लामा वडामा अधिवेशन सम्पन्न भएर पालिका अधिवेशन सुरु भइसकेको छ । शनिबार करिव ५४ जिल्लामा पालिका अधिवेशन सम्पन्न भएको छ । वडाअधिवेशन हुन नसकेका १३ जिल्लामा दशैं अघि नै अधिवेशन प्रक्रिया सुरु गर्ने कांग्रेसले जनाएको छ । हिमाली जिल्लामा महाधिवेशन कार्यतालिका अनुसार जिल्ला अधिवेशन सम्पन्न गर्ने र बाँकी जिल्लामा दशैंपछि अधिवेशनका कार्यक्रम अगाडि बढाउने कांग्रेसले निर्णय गरिसकेको छ ।
कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मंसिर ९–१३ सम्म काठमाडौंमा गर्ने निर्णय गरिएको छ । तर यो कार्यतालिका प्रभावित हुने आशंका छ ।