Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुरु भयो कांग्रेसको गाउँ–नगर अधिवेशन, काठमाडौंको १६ गते


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज ९ २०७८
  • 1.7K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज(शनिबार)बाट गाउँ–नगर अधिवेशन सुरु भएको छ ।

निर्वाचन कार्यतालिका अनुसार वडाअधिवेशन सम्पन्न भएका जिल्लामा गाउँ–नगर अधिवेशन सुरु भएको हो । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन सम्पन्न भई अन्तिम मतपरिणाम प्राप्त भएका अधिकांश जिल्लामा पालिका अधिवेशन आरम्भ भएको छ ।

संघीय राजधानी रहेको जिल्ला काठमाडौंमा वडा अधिवेशन सम्पन्न भइसकेको भए पनि अन्तिम परिणाम प्राप्त नभएकाले काठमाडौंको पालिका अधिवेशन असोज १६ गतेको लागि तय गरिएको छ । काठमाडौंमा असोज ५ गते वडा अधिवेशन भएको थियो ।

कांग्रेसले अहिलेसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । क्रियाशील सदस्यता विवादका कारण प्रदेश नम्बर २ का ८ जिल्लासहित सुर्खेत, कैलाली, रुपन्देही, डोल्पा र सुर्खेत गरी १३ जिल्लामा भने वडा अधिवेशन सुरु हुनसकेको छैन ।

नेपाली कांग्रेसको शुक्रबार बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्यता टुङ्गो लाग्न बाँकी रहेका जिल्लाको विवाद समाधान गरेर दशैँअघिसम्म सबै जिल्लामा पालिकास्तरको अधिवेशन सक्ने निधो गरेको थियो । कांग्रेसको महाधिवेशन अन्तर्गत वडा अधिवेशन गत भदौ १८ गतेदेखि सुरु भएको थियो ।

कांग्रेसले पार्टीको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४