Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिला अधिकारकर्मी कमला भासिनको निधन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज ९ २०७८
  • 3.6K
    SHARES

काठमाडौं । महिला अधिकारकर्मी कमला भासिनको आज बिहान निधन भएको छ । अधिकारकर्मी कविता श्रीवास्तावाले सामाजिक सञ्जाल ट्वीटरमार्फत भासिनको निधनको जानकारी दिएकी हुन् । उनकाअनुसार केही महिनाअघि उनलाई क्यान्सर रोगको पुष्टि भएको थियो ।

उनी लेख्छिन् ‘हाम्रो प्रिय मित्र कमला भासिनको २५ सेप्टेम्बर बिहान ३ बजे निधन भएको छ । दक्षिण एसियाली क्षेत्र र भारतमा महिला अभियानका लागि यो ठूलो धक्का हो । कठिनाइका बीच पनि उनले सधैँ आफ्नो जीवन खुसी साथ बिताइन् । कमला तिमी सधैँ हाम्रो हृदयमा रहिरहनेछौँ ।’

३५ वर्षभन्दा बढी उनले विकास, शिक्षा, लिङ्ग, मिडिया र अन्य क्षेत्रका मुद्दाहरूको बारेमा काम गरिन् । सन् १९७२ मा उनले राजस्थानमा एउटा संस्था स्थापना गरेर त्यहाँका गरिबहरूको सशक्तीकरणमा काम गरिन् ।

सन् १९७६ देखि २००१ सम्म उनले संयुक्त राष्ट्रको फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) मा काम गरिन् ।

संगत नामक महिलाहरुको सञ्जालमा गरेको कामका कारण उनी चिनिन्छन् । उनको कविता ‘क्यूँ कि मे लड्की हुँ, मुझे पढ्ना हे’ निकै चर्चित रहेको छ । सन् २००२ मा उनले संयुक्त राष्ट्रबाट राजीनामा दिएर संगतको सुरुवात गरिन् । उनी यसको संस्थापक सदस्य र सल्लाहकार रहेकी थिइन् ।

सन् १९४६ अप्रिल २४ मा राजस्थानमा उनकाे भएको थियो । उनका पिता डाक्टर थिए । ६ सन्तानमध्ये उनी चौथो सन्तान थिइन् ।

फ्रि प्रेस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४