Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज ६४ जिल्लाका पालिकामा कांग्रेस अधिवेशन हुँदै, १३ जिल्लामा क्रियाशील विवाद कायमै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज ९ २०७८
  • 1.6K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसले आज पालिका अधिवेशन गर्ने भएको छ । कांग्रेसको पदाधिकारी बैठकले गरेको निर्णय अनुसार आजै ६४ जिल्लामा पालिका अधिवेशन गर्ने भएको हो ।

२१ वटा हिमाली जिल्लाको अधिवेशन पनि असोज १८ गते गर्ने कांग्रेस पदाधिकारी बैठकले निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । प्रदेश २ का ८ सहित १३ जिल्लाको वडा अधिवेशन अझै हुन सकेको छैन ।

संस्थापन इतर पक्षले भने विवादित १३ जिल्लाको वडा अधिवेशन सकेर देशभर एकैपटक अन्य तहको अधिवेशन गर्नुपर्नेमा नेतृत्वले जबरजस्ती गर्न खोजेको आरोप लगाएको छ ।

केन्द्रीय निर्वाचन समितिले भदौ २५ मा निर्वाचन कार्यतालिका संशोधन गर्दै असोज ५ गतेभित्र सबै वडा अधिवेशन, असोज ९ गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज १२ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, असोज १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन तथा असोज १८ गते एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४