Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्रिकेट टोली स्वदेश फर्कियो, प्रशिक्षक वाटमोर आएनन्


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज ५ २०७८
  • 4.6K
    SHARES

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार बिहान स्वदेश फर्केको छ ।

नेपाली टिम बिहान ७:२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

कप्तान ज्ञानेद्र मल्लसहित १७ खेलाडी, म्यानेजर, फिजियो र टेक्निकल एनालिस्टसहित २० जनाको टोली नेपाल फर्किएको हो ।

मुख्य प्रशिक्षक डेभ वाटमोर भने नेपाल आएनन् । ओमान पुगेपछि वाटमोरले यही टुर नेपाली टिमसँग आफ्नो अन्तिम रहेको र सिरिज सकिएपछि लागु हुनेगरी पदबाट राजीनामा दिएका थिए ।

उनी उतैबाट श्रीलंका प्रस्थान गरेका छन् । यस्तै नेपाली टिमका ट्रेनर राकेश काशीभाई गोएल पनि उतैबाट भारत गएका हुन् ।

ओमान भ्रमणमा नेपाले लिग २ को सिरिजमा चार र त्यसअघि पपुवा न्यु गिनीविरुद्ध दुई गरी कुल ६ खेल खेलेको थियो । जसमा नेपालले चार खेल जित्दा दुई खेलमा पराजित भयो ।

पहिलो पटक पपुवा न्यु गिनीविरुद्ध ओडिआई सिरिज खेलेको नेपालले दुवै खेल जितेको थियो ।

त्यसपछि नेपालले लिग दुईमा अमेरिका र ओमानविरुद्ध एक/एक खेल जित्यो । दुवै टिमसँग नेपालले एक/एक खेलमा भने हार बेहोर्‍यो ।

नेपालले अब विश्वकप लिग २ मा अर्को सिरिज २०२२ फेब्रुअरीमा खेल्ने तालिका छ ।

अब नेपाली क्रिकेटरहरु यही सेप्टेम्बर २५ तारिख (असोज ९) देखि सुरु हुने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा व्यस्त हुनेछन् । टीयू अन्तर्राष्ट्रिय मैदानमा हुने ईपीएलमा ६ फ्रेन्चाइजले प्रतिस्पर्धा गर्नेछन् ।

लिग टू मा नेपाल ८ अंक जोड्दै अंकतालिकामा चौथो स्थानमा छ। ८ खेलबाट नेपालले ४ जित र ४ हारको नतिजासहित ८ अंक नै जोडेको हो । नामिबिया समान ८ अंक भए पनि नेपाल रनरेटमा अघि रहेको छ ।

ओमान १३ खेलबाट २० अंकसहित शीर्ष स्थानमा छ । १५ खेल खेलिसकेको अमेरिका १४ अंकसहित दोस्रो स्थानमा छ । यस्तै स्कटल्याण्ड ८ खेलबाट ९ अंकसहित तेस्रो स्थानमा छ ।

लिग टू मा ७ वटै टिमले ९ सिरिजसहित ३६ खेल खेल्नेछ । नेपालले ओमान टुरपछि अझै लिग टू मा ७ सिरिज खेल्न बाँकी छ ।

फाेटाे : एनएसजेएफ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४