Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१० बुँदे सुझाव कार्यान्वयनबाट पार्टीपछि नहट्ने : ईश्वर पोखरेल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ३१ २०७८
  • 3.5K
    SHARES

काठमाडौं, । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले १० बुँदे सुझावलाई कार्यान्वयनबाट पार्टीपछि नहट्ने बताउनुभयो ।नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले १० बुँदे सुझावलाई रचनात्मक ढंगले लागु गर्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको जिल्ला स्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पार्टीको एकतालाई मजबुद बनाउनका लागि तयार पारिएको १० बुँदे सुझावलाई पार्टीले सिर्जनात्मक र रचनात्मक ढंगले लागु गरिने बताउनुभयो ।एमालेलाई कानूनी अर्थ र मर्मका आधारमा २०७५ साल जेठ २ गतेको एमाले भएपनि वर्तमान एमाले भनेको एकता पछि बनेको विकसित एमाले नै रहेको उहाँले स्पष्ट पार्नुभयो ।

बिहीबारको आवश्यकता एकतापछि बनेको एमालेकै रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।महासचिव पोखरेलले पार्टी एकताको प्रमुख सर्त भनेको पार्टीको पक्षमा दृढतापूर्वक उभिनु रहेको बताउनुभयो । कुनैपनि शर्त राखेर पार्टीको पक्षमा नउभिने कुरा एकताको पक्षपाती हुन नसक्ने पनि उहाँले उल्लेख गर्नुभयो ।

उहाँले गुटबन्दीमा संलग्न भएर पार्टीलाई कमजोर बनाउने, पार्टीप्रति अनास्था फैलाउने तथा फुट र विभाजनकारी गतिविधिलाई सहयोग पु¥याउने कुरालाई कुनैपनि हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४