Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डडेल्धुरामा वडा अधिवेशन रोक्न देउवासँग पौडेल पक्षको माग


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र २४ २०७८
  • 11.2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा २५ भदौका लागि तोकिएको वडा अधिवेशन रोक्न माग गरेको छ । बिहीबार पौडेलसहितका नेताहरुले देउवालाई भेटेर जिल्ला कार्यसमितिको असहमतिकाबीच एकपक्षीय रुपमा अधिवेशनको मिति तोकिएको भन्दै रोक्न माग गरे ।

‘जिल्ला कार्यसमितिसँग समन्वय नै नगरी एकपक्षीय रुपमा निर्वाचन अधिकृतले वडा अधिवेशनको मिति तोक्नु अनुचित हो,’ पौडेल समूहका नेता अर्जुननरसिंह केसीले भने, ‘तुरुन्त सभापतिले हस्तक्षेप गरेर अधिवेशन रोक्न निर्देशन दिनुपर्छ र क्रियाशील सदस्यतामा देखिएको विवाद टुंग्याउनुपर्छ भनेर हामीले ध्यानाकर्षण गरायौं ।’

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको क्रियाशील सदस्यता सूचीप्रति जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले आपत्ति जनाएको छ । जिल्लाबाट पठाइएका करिव पाँच सय नाम काटिएको र केन्द्रबाटै तीन सयको नाम थपिएकाले अहिलेकै अवस्थामा क्रियाशील सदस्यहरुको नामावलीलाई स्वीकार गर्न नसकिने सभापति मल्ल पक्षको दावी छ । उनी वरिष्ठ नेता पौडेल समूह निकट हुन् ।

निर्वाचन अधिकृतले २५ भदौका लागि वडा अधिवेशनको मिति तोकेपनि जिल्ला सभापति कर्णबहादुर मल्लले भने वडा अधिवेशन स्थगनको सूचना जारी गरेका थिए । वडा अधिवेशनलाई लिएर जिल्लामा कांग्रेसकै नेता कार्यकर्ताहरुबीच मुठभेडको अवस्था आउने देखिएपछि सभापति देउवाले अधिवेशन स्थगन गर्न निर्देशन दिएका छन् ।

केन्द्रीय सदस्य केसीले वडा अधिवेशन रोक्न सभापति देउवाले निर्देशन दिएको जानकारी आफूहरुलाई गराएको बताए । ‘सभापतिज्यूले वडा अविधेशन स्थगत गर्न निर्देशन दिइसकेको छु भन्नुभएको छ, उहाँले सहमति गरेर मात्रै अधिवेशन प्रक्रिया अगाडि बढाउन भनिसकेको हामीलाई जानकारी गराउनुभयो,’ नेता केसीले भने ।

क्रियाशील सदस्यता सूची नसच्याएसम्म अधिवेशन हुन नसक्ने जिल्ला सभापति मल्लको अडान छ । तर देउवा पक्षका नेताहरुले भने जिल्लाले क्रियाशील सदस्यको नाम इन्ट्री गर्दा एकपक्षीय रुपमा गरेको आरोप लगाउँदै आएका छन् ।

डडेल्धुरामा विवादका बीच वडाअधिवेशनको मिति तोकिएपछि कांग्रेसका केन्द्रीय नेताहरुले चासो व्यक्त गरेका हुन् । बुधबार मात्रै उपसभापति विमलेन्द्र निधिले सभापति देउवालाई पत्र पठाउँदै विवाद समाधान नभएसम्मका लागि वडा अधिवेशन स्थगन गर्न माग गरेका थिए । त्यस्तै केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि डडेल्धुराको क्रियाशील सदस्यता विवादबारे आफ्नो ध्यानाकर्षण भएको बताएका थिए ।

कांग्रेसको आसन्न १४ औं महाधिवेशन प्रक्रिया अन्तर्गत १८ भदौदेखि वडा अधिवेशन सुरु भएको छ । बिहीबारसम्म करिव ५५ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको निर्वाचन समितिले जानकारी दिएको छ । डडेल्धुरासहित ५७ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भएकोमा अझै २० जिल्लाको सदस्यता सूची सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४