Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कानुनका विद्यार्थीको रोजाइमा चक्रवर्ती, क्याम्पस प्रमुख भण्डारी यसो भन्छन !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र २३ २०७८
  • 8K
    SHARES

काठमाडौँ । अहिले पनि नेपाल पूर्ण साक्षर भएको छैन । तसर्थ मुलुकले अवलम्बन गरेका नीति नियम र कानुनबारेमा सबैलाई एथेष्ट जानकारी छैन । पहिला धेरैले कानुनमा चासो नदिने गरेको भएपनि अहिले चासो दिन थालेका छन् । कानुनको अध्ययन गराउन धेरै कलेजले सुरु पनि गरेका छन् । कानुन अध्ययनमा विद्यार्थीहरूको आकर्षण बढ्दै गएको छ ।

अहिले नेपालका पाँच विश्वविद्यालयले कानुनको कोर्ष राखेका छन् । जुन सुकै विषयमा प्रविणता प्रमाणपत्र तहको अध्ययन सिध्याएपछि मात्रै स्नातक तहमा कानुन पढ्न पाइने भएकाले पाँच विश्वविद्यालमा स्नातक र स्नातकोत्तरमा पढाइ हुन्छ । पछिल्लो समय प्रविणता प्रमाणपत्र तहमा पनि अध्ययन नभएका भने होइनन् । तर, विद्यार्थीहरू भने स्नातक तहमा पुगेर मात्रै कानुन अध्ययन गर्ने चासो राख्ने गरेका छन् ।

त्रिभुवन, काठमाडौं, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल र खुला विश्वविद्यालयले स्नातक र स्नातकोत्तरमा कानुनमा अध्ययन गराउँछन् । त्रिभुवन विश्वसविद्यालयको त ल क्यापस नै चर्चित छ । कानुनको स्नातक तहलाई ‘बिएएलएलबी’ नाम दिने गरिएको छ । यो ५ वर्षे कोर्ष हो । अर्को तिन वर्षे कोर्षलाई ‘एलएलबी’ भनिन्छ । यो कोर्ष भने अन्य विषयमा स्नातक पास गरेका विद्यार्थीले मात्रै पढ्न पाउँछन् ।

कानुन अध्ययनमा विद्यार्थीहरूको रूची बढ्दै गएपछि धेरै कलेजले कानुनको अध्यापन गराउन थालेका छन् । कानुनको अध्यापन गराउने एउटा कलेजको नाम हो चक्रवती हबी एजुकेशन एकेडेमी । सन २०१० मा स्थापना भएको यो कले पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएको छ । कानुनमा स्नातक र स्नाकोत्तरमा अध्यापन हुँने कलेजका क्याम्पस प्रमुख र सञ्चालक समिति अध्यक्ष हुनुहुन्छ देवेन्द्रबहादुर भण्डारी ।
भण्डारी नेपाल प्रहरीका अवकाशप्राप्त निरीक्षक हुनुहुन्थ्यो ।

भण्डारीले अमेरिकाको हार्डवर्ड विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेका छन् । त्यहाँबाट फर्केपछि भण्डारीले चक्रवती हबी एजुकेशन एकेडेमी खोलेका हुन् । कलेज काठमाडौंको मुटु मानिने विजुलीबजारमा अवस्थित कलेजमा पुगेर हामीले भण्डारीलाई हार्डवर्डमा कानुन पढेर आएपछि किन कलेज खोल्नुभयो, वकालत पेशा नअंगालेर भनेर सोध्यौं । ‘नेपालमा कानुनका दक्ष व्यक्तिहरू देखिन, दक्ष कानुनका विद्यार्थी उत्पादन गर्न साचेर कलेज स्थापनो गरे,’ जवाफमा उहाँले भन्नुभयो ।

कानुनमा दक्ष व्यक्तिको माग दिनप्रतिदिन बढ्दै गएपनि दक्ष मानिस भेटाउन गाह्रो रहेको उनको भनाइ छ । कानुन विषयको पढाइ भएपछि अन्तरांष्ट्रिय कोर्षसँग मेल नखाने भण्डारी बताउँछन् । नेपालमा कानुन पढेकाहरू विदेशमा पुगेर कान गर्न नसक्नुको कारण कोर्ष डिजाइन गर्दा विश्वविद्यालयहरूले ध्यान पु¥याउन नसक्नु रहेको भण्डारीको तर्क छ । ‘कानुनमा अध्ययन गर्न विदेशमा सिलसिलेवार कोर्ष हुन्छ । नेपालमा त्यस अनुरुपको छैन । विश्वविद्यालयले कोर्ष डिजाइन गर्दा ध्यान नदिएको देखिन्छ,’ भण्डारी भन्नुहुन्छ।

अरू विषयमा स्नातक वा मास्टर्स गरेर बेरोजगार भएर बसेको जनशक्ति कानुन अध्ययन गरेपछि वैकल्पिक पेसा अपनाउन सक्छ । सरकारी कर्मचारीलाई कानुनको ज्ञान अत्यावश्यक छ । ७५३ स्थानीय सरकार, ७ प्रदेश सरकार र केन्द्रमा पनि कानुन जानेका व्यक्तिको आवश्यकता हुने भएकाले माग बढिरहेको छ ।

हाल स्नातकमा ५०० विद्यार्थी र स्नातकोत्तरमा २०० विद्यार्थी अध्ययनरत छन छन् ।
त्यस्तै विषयविज्ञ प्राध्यापकहरु देवेन्द्रबहादुर भण्डारी,दिपक वाल्मीकी,र डा. गजेन्द्र अर्याललगाएतका नाम चलेका प्राध्यापकहरुद्घारा अध्यापन भैरहेको छ ।

स्नातकोत्तरमा यही शैक्षिक सत्रबाट अग्रेजी विषयमा पढाइ सुरु गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४