Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपत्यकामा बाढीको वितण्डा ( तस्वीर सहित विवरण )


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र २१ २०७८
  • 3.6K
    SHARES

काठमाडौं। सोमबार रातिको अविरल वर्षाले काठमाडौँ उपत्यकाका खोला तथा नदीमा ठूलो बाढी आएको छ । बाढीका कारण नदी किनारका बस्ती डुवानमा परेका छन् ।

काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार काठमाडौँको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुललगायतको क्षेत्र डुबानमा परेको हो ।

उनका अनुसार बाढीले उपत्यकाकाका ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ। जसमा काठमाडौँबाट २३२ र ललितपुरबाट १५ मजदुरको उद्धार गरिएको छ । विशेष गरी नदीको वरपरका क्षेत्र डुबानबाट प्रभावित भएको जनाइएको छ ।

गोकर्णेश्वर उत्तरवाहिनी क्षेत्र डुबानमा

अविरल वर्षाले बागमती को किनारमा रहेको गोकर्णेश्वर महादेव मन्दिर र उत्तरगया क्षेत्र डुबानमा परेको छ । मन्दिरमुनिको चौर डुबानमा परेपछि दिवङ्गत पितृका नाममा भाद्रकृष्ण औँसीमा श्राद्ध गर्न आउने भक्तजन प्रभावित भएको गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले दिए ।

गोकर्णेश्वर महादेव मन्दिरबाट उत्तरवाहिनीसम्म अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेको सिँढी भरिएर बाहिर पानी आउँदा यो क्षेत्र डुबानमा परेको हो ।

पानीसँगै आएको बाढीले यस क्षेत्रको सडक पनि बिगारेको छ । जोरपाटी सुन्दरीजल सडक विस्तारका क्रममा ठाउँ ठाउँमा अलपत्र रहेको भाग बाढीले प्रभावित भएको छ । अधिकांश भित्री सडक जलमग्न भएको छ ।

गोकर्णमुनिको बागमती किनार क्षेत्रसमेत डुबानमा परेको छ । यसैगरी रुद्रमतीमा आएको बाढीले रातोपुल मैतीदेवी क्षेत्रका केही घरसमेत डुबानमा परेको छ । आइतबार रातिदेखि सोमबार बिहानसम्मको वर्षाले उपत्यकाका धेरै स्थान प्रभावित भएको छ ।

बल्खु तरकारी बजार हेर्दा हेर्दै डुब्यो

बाढीले बल्खु तरकारी बजार डुबानमा परेको छ । बाढीबाट करीब एक करोडको क्षति भएको अनुमान सञ्चालकले गरेका छन् । तरकारी बजार ध्वस्त भएको भन्दै तत्काल खुल्ने अवस्था नरहेको पनि सञ्चालकको भनाइ छ ।

बल्खु तरकारी बजारका सञ्‍चालक मोहन बस्नेतले भने, ‘बजारमा प्रारम्भिक रुपमा एक करोड रुपैयाँको क्षति भएको अनुमान गरेका छौं । बजार ध्वस्त छ । तुरुन्तै सञ्चालनमा आउन सक्ने अवस्था छैन ।’शंखमूल पार्क क्षेत्र पनि डुबानमा

यस्तै बाढीले शंखमूल पार्क लगायतका क्षेत्र पनि डुबानमा परेका छन् । खोला किनारका बस्ती पनि डुबानमा परेका छन् ।

बागमती र धोबिखोलामा आएको बाढीका कारण टेकु र बानेश्वर क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध भएको छ । बाढीका कारण प्रहरीले टेकु र बानेश्वर सबस्टेशनबाट लाइन काट्न भनेकाले बत्ती बन्द गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् ।

काठमाडौं उपत्यकाको बागमती र यसको सहायक नदी जलाधारहरुमा पछिल्लो ६ घण्टादेखि वर्षा भइरहेको र थप वर्षा हुने बाढी पूर्वसूचना केन्द्रले जनाएको छ ।

युएन पार्क ।
च्यासल खेलमैदान ।
बल्खु तरकारी बजार ।

           

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४