Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काँग्रेस सभापतिको दाबेदारकै जिल्लामा अधिवेशन अनिश्चित


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र २० २०७८
  • 13.4K
    SHARES

नेपाली काँग्रेसको निर्वाचन समिति २१ जिल्लाको क्रियाशील सदस्यको नामावली प्राप्तिको पर्खाइमा छ । तर कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले २१ जिल्लाको क्रियाशील सदस्यको टुंगो लगाउन सकेको छैन । त्यसको जिम्मेवारी पाएका सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सैद्धान्तिक सहमति भएको भन्दै पन्छिएपछि २१ जिल्लामा वडा अधिवेशनको अन्योलता कायमै छ ।

समितिका तीन जना नेता तीनतिर लागेपछि सभापति शेरबहादुर देउवाकै गृहजिल्ला डडेलधुरासहित २१ जिल्लामा अधिवेशन अनिश्चित बनेको हो । सिटौला, रिजाल र लेखकले कामबाट दुई दिनको बिदा लिएपछि नामावली प्रकाशनमा थप ढिलाई भएको देखिन्छ ।

रिजाल र लेखकले गृह जिल्ला जाने भन्दै २ दिनको विदा लिएका थिए । तर उनीहरु काठमाडौं फर्किए पनि सिटौला भोलि गृहजिल्ला झापा जाने तयारीमा छन् । शनिबार डडेल्धुरा र कपिलवस्तुको क्रियाशील सदस्यको नामावली प्रकाशन हुने भनिएको थियो । तर निर्वाचन समितिले अहिलेसम्म सदस्यको सूची प्राप्त गर्न सकेको छैन ।

सिटौलाले भने तीन नेताले सैद्धान्तिक गरेर क्रियाशील सदस्यता छानविन समितिलाई कार्यान्वयनको जिम्मा दिएको जन न्युज नेपाल खबरलाई बताए । तर आज मध्यान्ह १२ बजे बुढानिलकण्ठमा छानविन समितिका सदस्यबीच बैठक छ । आज भोलिसम्म २१ जिल्लाको विवाद टुंग्याउने तयारी छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आजै टुंग्याउने तयारी रहेको जन न्युज नेपाल खबरलाई बताए ।  हाल सभापतिको आकांक्षी रामचन्द्र पौडेलको (तनहुँ) र गोपालमान श्रेष्ठ को(स्याङ्जा)मा मात्र अधिवेशन सम्पन्न भएको छ ।

पार्टी सभापतिमा आकांक्षी देखाएका अन्य नेताहरुको गृह जिल्लामै अधिवेशन अनिश्चित छ । काँग्रेसले प्रदेश १ को मोरङको क्रियाशील सूची सार्वजनिक गरेको छैन । मोरङ सभापतिका दाबेदार शेखर कोइराला र सुजाता कोइरालाको गृहजिल्ला हो ।

यसैगरी प्रदेश २ का सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटको सूची पनि सार्वजनिक गरेको छैन । उपसभापति तथा सभापतिका आकांक्षी विमलेन्द्र निधिको गृह प्रदेशमै वडा अधिवेशन अझै अनिश्चित छ ।

बागमती प्रदेशको काठमाडौं, सिन्धुपाल्चोक, काभ्रे र रसुवाको क्रियाशील सूची सार्वजनिक भएको छैन । सभापतिका दाबेदार प्रकाशमान सिंहको गृहजिल्ला काठमाडौंमा पनि वडा अधिवेशन कहिले हुने टुंगो छैन ।

लुम्बिनीको कपिलवस्तु, बाँके र बर्दियाको तथा कर्णालीको डोल्पा र सुर्खेतको पनि वडा अधिवेशन अनिश्चित छ । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्ला समेत रहेका कर्णालीको राजधानी सुर्खेतको पनि सदस्यता सूची पनि सार्वजनिक गरेको छैन ।

सुदूरपश्चिमका कैलाली, बाजुरा र डडेलधुराको क्रियाशील सूची नआउँदा वडा अधिवेशन अनिश्चित छ । सुदूरपश्चिमका राजधानी  कैलालीमा पनि सदस्यता नामावली प्रकाशन नै भएको छैन ।  उक्त जिल्लामा नामावली प्रकाशन नहुँदा निर्वाचन समितिले निर्वाचन अधिकृत खटाउन सकेको छैन । कहिले निर्वाचन अधिकृत खटाएर निर्वाचन सामग्री पठाउने भन्ने टुंगो छैन ।

निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले भने सदस्यको सूची प्राप्त गरेको दोस्रो दिन नै निर्वाचन अधिकृत पठाउन सकिने जन न्युज नेपाल खबरलाई बताए ।

  • आइतबारसम्म ३८ जिल्ला

नेपाली काँग्रेसले आइतबारसम्म ३८ जिल्लाको वडा अधिवेशन सम्पन्न गराएको छ । काँग्रेस निर्वाचन समितिका अनुसार अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । संखुवासभा लगायतका जिल्लामै सर्वसम्मत वडा नेतृत्व चयन गरिएको छ । प्रदेश १ को ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा र धनकुटामा वडा अधिवेशन भएको छ ।

यस्तै बागमती प्रदेशका दोलखा, सिन्धुली, मकवानपुर र भक्तपुरमा अधिवेशन भएको छ । गण्डकी प्रदेशको, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा र म्याग्दीमा अधिवेशन भएको छ । यस्तै लुम्बिनी प्रदेशमा नवलपरासी, रुपन्देही, अर्घाखाँची र दाङमा अधिवेशन  भएको छ । कर्णाली प्रदेश रुकुम पश्चिम, जुम्ला, हुम्ला, जाजरकोट र दैलेखमा अधिवेशन सम्पन्न भएको  छ ।

सुदूरपश्चिम प्रदेश बझाङ, डोटी, अछाम, कञ्चनपुरमा अधिवेशन सम्पन्न भएको छ ।

  • २१–२३ मा कहाँ कहाँ हुँदैछ ?

१८ जिल्लामा अधिवेशन सम्पन्न नभएपनि मिति तोकिएको छ । निर्वाचन समितिका अनुसार निर्वाचन अधिकृतहरु सामग्री लिएर जिल्ला पुगिसकेका छन् । भोलि (२१ गते) सुनसरी, नुवाकोट, धादिङ, चितवन, बाग्लुङ, नवलपुर, ललितपुर, पाल्पा, सल्यान र मुगुमा अधिवेशन हुनेछ । गुल्मी, प्युठान, कालिकोट, दार्चुला र बैतडीमा २२ गते अधिवेशन हुने छ ।  यस्तै रोल्पा र रामेछापमा २३ गते अधिवेशन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४