Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षले अत्यावश्यक बाहेकका काम छाड्यो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र २० २०७८
  • 2.1K
    SHARES

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रध्यापक, कर्मचारी र चिकित्सकहरुले अत्यावश्यक बाहेकका सेवा छाडेका छन् । ८२ दिनयता प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनरत प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुले आइतबारबाट इमरजेन्सी, कोरोना संक्रमितको उपचार र पूर्वनिर्धारित परीक्षा बाहेकमा काम छाडेका हुन् ।

प्रतिष्ठान सुधारको माग राख्दै आएको संयुक्त संघर्ष समितिले सरकारले माग सम्बोधन गर्न ध्यान नदिएपछि बिहीबार काम छाड्ने चेतावनी दिएको थियो । माग सम्बोधन गर्न चासो नदिएपछि काम छाडिएको संयुक्त संघर्ष समितिका संयोजक डाक्टर एसपी रिमालले जानकारी दिए । ‘सरकारले आधा घण्टामा गर्ने काम गरेको छैन,’ उनले भने, ‘माग सम्बोधन नभएपछि आन्दोलन गर्न बाध्य भयौं ।’

प्रतिष्ठान विगार्न पदाधिकारीको मात्र नभई कर्मचारीको पनि दोष रहेको बताउँदै उनले छानविनका लागि तत्काल आयोग बनाउनु पर्ने बताए । अख्तियारको मुद्दा फास्ट ट्याकमा सम्बोधन गर्नका लागि सरकारले आग्रह गर्नुपर्ने उनले बताए ।

एक महिनाअघि सरकारले गठन गरेको उच्चस्तरीय कार्यदलले पदाधिकारीहरूलाई कारबाही गर्न गरिएको सिफारिस र आन्दोलनरत पक्षसँग ६ बुँदे सम्झौता गरेको थियो । तर एक महिनासम्म सम्झौता कार्यान्यन नभएको उनले बताए ।

आन्दोलनरत पक्षले प्रतिष्ठानका पदाधिकारीको बहिर्गमनको माग गर्दै आएको छ । प्रतिस्पर्धाका आधारमा पदाधिकारी नियुक्त गर्नुपर्ने, अनियमितता रोक्नुपर्नेलगायत माग राख्दै सुरु भएको आन्दोलनको माग सम्बोधन गर्न सरकारले चासो नदिएको संघर्ष समितिको गुनासो छ ।

आन्दोलन नरोकिएपछि प्रतिष्ठानका रजिस्ट्रार डा. मोहनचन्द्र रेग्मीले भदौ ११ गते पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४