Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामकुमारीको प्रश्न : महाकाली सन्धिमा भीम रावलको पोजिसन के थियो ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र १९ २०७८
  • 2.2K
    SHARES

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेत्रृ रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको भन्दै एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गर्नु भएको छ ।

ओलीले आफू नेतृत्वको सरकारको पालामा एमसीसी पास गर्न मरिमेटेर लागेको दावी गर्दै नेतृ झाँक्रीले अहिले त्यसको विरोधमा उभिनु गलत भएको बताइन् ।

शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको प्रथम नगर कमिटीको भेलामा उनले महाकाली सन्धिमा ओली र रावलले राष्ट्रघात गरेको दावी गर्दै राष्ट्रवादलाई आफूलाई पायक पर्नेगरी ब्याख्या गरेको आरोप लगाइन ।

‘खड्ग ओली हिजो एमसीसी पास गर्न कन्दनी सुक्र्याएर लागि परेको मान्छे आज एमसीसीको विरोध गर्दैछन् । त्यसकारण पायक पर्दाको बखत बोलिने राष्ट्रवाद । कमरेड भीम रावल आज एमसीसीको विरुद्धमा जसरी बोल्दैछन् । मलाई सम्झना छ–५३ सालमा यो भन्दा ठूलो राष्ट्रघाती सन्धि महाकाली सन्धि भएको थियो । भीम रावलको पोजिसन के थियो ? कमरेड खडगप्रसाद ओलीको पोजिसन के थियो ? महाकाली सन्धिका बेला’ उनले भनिन् ।

नेतृ झाँक्रीले ओलीको नेतृत्वमा रहेको एमालेको हालत सद्भावना पार्टीको जस्तै हुने टिप्पणी गरिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४