Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भूपी शेरचन राजमार्गको ११ ठाउँमा पहिरो, सिडिओ भन्छिन्- खुल्नै हप्तादिन लाग्छ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र १९ २०७८
  • 2.9K
    SHARES

पोखरा । असारको सुरुदेखि नै बाढी पहिरोले बितण्डा मच्चाउन थालेको गण्डकी प्रदेशमा शुक्रबारसम्म ८ बालबालिकासहित ३४ जनाले ज्यान गुमाइसकेका छन् भने सयौं बिस्थापित भएका छन् । अर्बौं रुपैयाँको क्षति पुगेको छ ।

कास्की र पर्वतमा बिहीबार र शुक्रबार गएको पहिरोले १८ जनाको ज्यान लियो । पर्वतमात्रै ११ जनाले पहिरोमा ज्यान गुमाए । अहिले उनीहरुको शव जिल्ला अस्पताल पर्वतमा ल्याइएको छ । सोही पहिरोका कारण पोखरा बागलुङ जोडने मुख्य राजमार्ग अहिले अवरुद्ध छ ।

भूपी शेरचन राजमार्गमा कतै ठूला पहिरोले पुरिएको छ त कतै बाढीले बगाएको छ । यतिबेला पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ वासी राजमार्ग भएर आउजाउ गर्न सक्ने अवस्था नरहेको पर्वतकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् ।

कुनै घटना घट्यो र गम्भीर घाइते भए, गम्भीर खालको बिरामी भएर जिल्ला अस्पतालबाट पोखरा वा काठमाडौं रिफर गर्नुपर्ने अवस्था आयो भने अहिले हेलिकप्टर कै जोहो गर्नुपर्ने अवस्था छ ।

गत असारमा पर्वतको दोबिल्लामा बाढी, पहिरोले भूपी शेरचन राजमार्गको पर्वत खण्ड हेरिरहेका इन्जिनियरसहित ३ जना बगाएको थियो । त्यही अहिले ठूलो पहिरो खसेर पुरै सडक नै बगाएको छ ।

प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार भूपी शेरचन राजमार्गको पर्वत खण्डमा मात्रै ११ वटा पहिरो खसेका छन् । तीमध्ये अधिकांश ठूला र पहाडैसहित खसेका छन् ।
‘भूपी शेरचन राजमार्गमा डेढ घन्टा जति हिँड्यौ हामी । बाटोभरि पहिरो नै पहिरो छ । मानिसहरु ठूलो जोखिम मोलेर पैदल त हिँडिरहेका छन् तर राजमार्ग खुल्ने अवस्था छैन,’ सिडिओ पाण्डेले भनिन्, ‘कुश्मादेखि पातीचौरसम्म ३ घन्टा जति हिँडेर जाने र त्यहाँबाट अर्को गाडी चढ्ने अवस्था रहन सक्छ तर सडक नै तत्काल खुल्न सम्भावना छैन,’ उनले भनिन्, ‘तत्काललाई पोखरा वा काठमाडौं रिफर गर्नुपर्‍यो भने समस्या छ ।’

राजमार्ग खुलाउन छिटोभन्दा छिटो पहल गर्ने उनले बताइन् । निर्माण व्यवसायी र अन्य सरोकारवालासँग सल्लाह गर्दा एक हप्ता लाग्न सक्ने बताएको पाण्डेले जानकारी दिइन् । ‘तर त्योभन्दा अगाडि नै खोल्न पर्छ भनेर लागि परेकी छु,’ पाण्डेले भनिन् ।

सबैभन्दा धेरै पर्वत खण्डको कुश्मादेखि पातीचौरसम्म ठूला पहिरोले राजमार्ग थुनेको पाण्डेले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४