Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विन्डोज ११ ले तत्काल एन्ड्रोइड एप सपोर्ट नगर्ने !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १८ २०७८
  • 10K
    SHARES

काठमाडौं । माइक्रोसफ्टको अपरेटिङ सिस्टम विन्डोज १० प्रयोग गरिरहेका प्रयोगकर्ताहरुका लागि आगामी अक्टोबर ५ देखि विन्डोज ११ को निशुल्क अपग्रेड प्राप्त हुँदैछ ।

कतिपय विन्डोज प्रयोगकर्ताहरुले हाल बेटा भर्सनमा विन्डोज ११ प्रयोग गरिरहेकोमा अक्टोबरमा आउने विन्डोज ११ को पूर्ण संस्करण बग तथा अन्य समस्यामुक्त हुनेछ ।

तर विन्डोज ११ को पूर्ण संस्करणमा केवल बग मात्र नहुने होइन, बेटा भर्सनमा रहेका कतिपय महत्वपूर्ण फिचरहरु पनि उपलब्ध हुने छैनन् । विन्डोज ११ मा उपलब्ध नहुने एउटा महत्वपूर्ण फिचर चाहीँ एन्ड्रोइड एपहरु सपोर्ट नगर्नु हो ।

माइक्रोसफ्टका अनुसार विन्डोज ११ मा अक्टोबर भन्दा केही महिना पछाडि मात्र एन्ड्रोइड एपहरु उपलब्ध हुनेछन् । यसको अर्थ सुरुवातका केही महिनासम्म प्रयोगकर्ताहरुले आफ्नो कम्प्युटरमा टिकटक र इन्स्टाग्राम एप चलाउन पाउने छैनन् ।

माइक्रोसफ्ट कम्पनीको विन्डोज मार्केटिङ विभागका महाप्रबन्धक आरोन उडम्यानका अनुसार माइक्रोसफ्ट स्टोर तथा विन्डोज ११ मा एन्ड्रोइड एप्हरु भित्राउनका लागि अमेजन र इन्टेलसँग सहकार्य चलिरहेको छ ।

उनका अनुसार सुरुवातमा विन्डोजका विशेष प्रयोगकर्ताहरु अर्थात् विन्डोज इनसाइडरहरुका लागि मात्रै विन्डोज ११ मा अमेजन एपस्टोर मार्फत् एन्ड्रोइड एपहरु उपलब्ध हुनेछन् जुन केही समयपछाडि अन्य आम प्रयोगकर्तालाई उपलब्ध गराइनेछ ।

आम प्रयोगकर्ताका लागि विन्डोज ११ मा एन्ड्रोइड एप केही महिनापछि प्राप्त हुने माइक्रोसफ्टले बताएपनि ठ्याक्कै मिति चाहीँ खुलाएको छैन । माइक्रोसफ्टले अक्टोबर देखि चरणबद्ध रुपमा विन्डोज ११ को सुरुवात गर्न लागेको हुँदा सबै प्रयोगकर्तासमक्ष विन्डोज ११ पूराएर त्यसमा एन्ड्रोइड एप पनि उपलब्ध गराउनका लागि केही लामो समय लाग्ने अपेक्षा गरिएको छ । यसको अर्थ विन्डोज ११ मा एन्ड्रोइड एपहरु उपलब्ध हुनका लागि सन् २०२२ को मध्यसम्म कुर्नुपर्ने हुनसक्दछ ।

स्मरण रहोस् विन्डोज ११ लञ्च गर्ने समयमा माइक्रोसफ्टले यस अपरेटिङ सिस्टमको सबैभन्दा महत्वपूर्ण फिचरका रुपमा एन्ड्रोइड एप सपोर्ट गर्ने उल्लेख गरेको थियो । माइक्रोसफ्टका अनुसार विन्डोज ११ मा अमेजन एपस्टोरमार्फत् टिकटक, इन्स्टाग्राम, उबर, लिफ्ट लगायतका ५ लाख भन्दा धेरै एन्ड्रोइड एप उपलब्ध हुनेछन् ।

प्रयोगकर्ताहरुले आफ्नो पर्सनल कम्प्युटरलाई मोबाइल फोनसँग आबद्ध गराउने हुनाले माइक्रोसफ्टको नयाँ अपरेटिङ सिस्टमले एन्ड्रोइड एपलाई पनि सपोर्ट गर्नु निकै महत्वपूर्ण हुनेछ । एप्पलको हकमा म्याक, म्याकबुक र आइफोन यसरी पहिले नै आबद्ध भइसकेका छन् । विश्वको सबैभन्दा धेरै प्रयोगकर्ता भएको एन्ड्रोइड मोबाइल अपरेटिङ सिस्टमलाई विन्डोजले आफुमा जोड्न सक्नु उसका लागि निकै फाइदाको विषय बन्न सक्दछ ।

हाल विन्डोज ११ को बेटा भर्सनमा माइक्रोसफ्टले गुगल प्ले स्टोर पनि उपलब्ध गराएको छ । तर अक्टोबरदेखि त्यो उपलब्ध हुनेछैन, किनकी गुगल पनि क्रोमबुक मार्फत् आफै पर्सनल कम्प्युटरको व्यवसायमा रहेको छ । गुगलको क्रोमबुकमा मज्जाले एन्ड्रोइड एपहरु चलाउन सकिन्छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४