Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लोकप्रिय बन्दै टेलिग्राम, पार गर्‍यो १ अर्ब डाउनलोड


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १८ २०७८
  • 3.6K
    SHARES

ह्वाट्सएप विवादमा तानिएसँगै लोकप्रिय बनेको इन्स्ट्यान्ट मेसेजिङ एप टेलिग्रामका प्रयोगकर्ताको संख्या एक अर्ब नाघेको छ । योसँगै टेलिग्राम एक अर्बभन्दा धेरै पटक डाउनलोड हुने विश्वको पाँचौँ एप बनेको छ ।

यसअघि ह्वाट्सएप, मेसेन्जर, फेसबुक, इन्स्टाग्राम, स्नापच्याट, स्पटीफाइ र नेटफ्लिक्स १ अर्बपटक डाउनलोड भैसकेका छन् ।

सेन्सर टावरले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार टेलिग्राम एपको डाउनलोड संख्याले एक अर्बको कोशेढुंगा पार गरेको हो । यद्यपि डाउनलोड संख्याले मोटामोटी रुपमा प्रयोगकर्ताको संख्या संकेत गर्ने भएता पनि सक्रिय प्रयोगकर्ताको संख्या भने त्यति हुँदैन । तीमध्ये केबल ५० करोड मात्रै टेलिग्रामका मासिक सक्रिय प्रयोगकर्ता रहेको रिपोर्टमा उल्लेख छ ।

सन् २०१३ मा लञ्च भएको टेलिग्रामले गत शुक्रबार एक अर्बको आँकडा पार गर्नका लागि जम्मा ८ वर्ष लगाएको छ ।

रिपोर्ट अनुसार टेलिग्रामको सबैभन्दा ठूलो बजार भारत हो । टेलिग्राम एपको कूल डाउनलोड मध्ये २२ प्रतिशत भारतमा भएको छ । प्रतिद्वन्द्वी ह्वाट्सएपको पनि सबैभन्दा ठूलो बजार भारत नै रहेको छ । धेरै टेलिग्राम प्रयोगकर्ता हुने मुलुकको दोश्रो स्थानमा रुस रहेको छ, जसले कूल डाउनलोडको १० प्रतिशत हिस्सा ओगटेको छ । त्यस्तै तेश्रो स्थानमा ८ प्रतिशत डाउनलोड हिस्सासहित इण्डोनेसिया रहेको छ ।

सेन्सर टावरका अनुसार चालु वर्ष सन् २०२१ मा टेलिग्रामको डाउनलोडको दर तीव्र गतिमा बढिरहेको छ । ह्वाट्सएपको नयाँ प्राइभेसी पोलिसीको विवादका कारण टेलिग्रामको डाउनलोडमा वृद्धि भएको रिपोर्टमा उल्लेख छ ।

सन् २०२१ को पहिलो अर्धवार्षिकमा २१ करोड ४७ लाख पटक टेलिग्राम डाउनलोड भएको छ, जुन अघिल्लो वर्षको प्रथम अर्धवार्षिकभन्दा ६१ प्रतिशत बढि हो । सन् २०२० को पहिलो ६ महिनामा १३ करोड ३० पटक टेलिग्राम डाउनलोड भएको थियो ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४