Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीमाथि वामदेवका १० आरोप : संसद भंगदेखि राष्ट्रपतिलाईसम्म दुरुपयोग गरेकोमा असन्तुष्टि


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १८ २०७८
  • 2.9K
    SHARES

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफैं संलग्न भएर निर्माण गरेको पार्टी र चार दशकदेखि सहकार्य गर्दै आएका अध्यक्ष केपी शर्मा ओलीको साथ छोडेका छन् ।  उपाध्यक्ष गौतमले ओलीको कार्यशैलीप्रति चरम असन्तुष्टि जनाउदै आफैं संलग्न भएर निर्माण गरेको नेकपा एमाले र ओलीसँगको चार दशक लामो सहयात्रा परित्याग गर्नुपरेको बताएका छन् । 

शुक्रबार पार्टीका सबै पदबाट राजीनामा गर्दै गौतमले ओलीमाथि दश आरोप लगाएका छन् । उनले साझा घोषणापत्र कार्यन्वयन नगरेको, सहकर्मीहरुलाई अपमान गरेकोदेखि राष्ट्रपतिलाई समेत आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरू कार्यान्वयनमा दुरुपयोग गरेको आरोप लगाएका छन् ।

 अध्यक्ष ओलीलाई सम्बोधन गर्दै शुक्रबार पार्टी कार्यालयमा बुझाएको राजीनामा पत्रमा गौतमले पटक–पटक दिइएका सुझाव विपरीत ओली सुध्रिनु भन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै गएको उल्लेख गरेका छन् । उनले जनताको बहुदलीय जनवादले अबलम्बन गरेको संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्तलाई परिपालना नगरेको आरोप लगाएका छन् ।

  •  यस्ता छन् ओलीमाथि गौतमका १० आरोप :

१.तपाई पार्टीको अध्यक्षमा निर्वाचित भएपछि नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई कहिल्यै पनि अवलम्बन गर्नुभएन ।

२.नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट तपाई पार्टीको अध्यक्षमा निर्वाचित हुनुभएपछि तपाईले नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई कहिले पनि अवलम्बन गर्नुभएन । 

३.नेपालको संविधान २०७२ जारी भएपछि पहिलो प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन २०७४ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को साझा घोषणालाई तपाई प्रधानमन्त्री भएपछि आफ्नो कार्यकालभरी त्यसलाई लागू गर्नुभएन । 

४.तपाईंले गर्नुभएका कतिपय कामहरूलाई पटक पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि तपाईंले आफूलाई सुधार गर्न सक्नुभएन ।

५.जनताको बहुदलीय जनवाद र जननेता मदन भण्डारीका विचार र मान्यता ‘संविधानको सर्वोच्चता’ र ‘कानुनी राज्य’ को सिद्धान्तलाई परिपालन गर्नुभएन । जननेता मदन भण्डारीका नवीन सोच कम्युनिस्ट पार्टीले जनताको जनादेशको आधारमा राज्यसत्ता सञ्चालन गर्नुपर्छ’ भन्ने मान्यताका विपरित जनताको अत्यधिक बहुमत झण्डै दुई तिहाई जनताको जनादेशलाई लत्याउँदै पहिलोपटक २०७७ पौष ५ गते र दोस्रो पटक २०७८ जेष्ठ ७ गते दुई–दुई पटक संविधान विपरीत जनताद्वारा निर्वाचित सदन भंग गर्नुभयो ।

६.तपाईं पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनु भएपछि पार्टीको राजनीतिक कार्यदिशा, पार्टीको विधान तथा पार्टीको संगठनात्मक सिद्धान्त ‘जनवादी केन्द्रीयता’ र ’सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी’ लाई पालना गर्नुभएन । पार्टीलाई लोकप्रिय बनाउन सरकार गठनको एक वर्षपछि मैले लिखित सुझाव दिएको थिए । तपाईंको कार्यशैली जनमुखी बनाउन धेरै पटक व्यक्तिगत रुपमा सुझावहरु पनि दिए । तर तपाई सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो ।

८.आफ्ना समकक्षी कमरेडहरुलाई समेत तपाईंले अवलम्बन गर्नुभएका गलत नीति र विचारअनुसार नचल्दा एकपछि अर्को गरी अपमान गर्ने, कार्यवाही गर्ने र पार्टीबाट निष्कासनसम्म गर्ने जस्ता स्वेच्छाचारी तथा निरंकुश प्रवृत्ति र शैली अङ्गाल्नुभयो । 

९.त्यतिमात्र होइन तपाईंले सम्माननीय राष्ट्रपतिज्यूलाई समेत आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरु कार्यान्वयन गर्न दुरुपयोग गर्नुभयो ।

१०. म आफै संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईंकै गलत विचार प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकोले आजको मितिमा पार्टीको उपाध्यक्षको पद र पाटीका सबै जिम्मेवारीबाट राजीनामा दिएको छु । फेरि पनि तपाई सँगको चार दशक लामो मित्रताका कारण अब उपरान्त पनि हामी दुई बीचको व्यक्तिगत सम्बन्ध मित्रतापूर्ण रहोस् भन्ने अपेक्षा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४