Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कार्यकर्तालाई युवराज ज्ञवालीको चेतावनी– केपी ओलीलाई दोष दिएर तपाईंहरुले छुट पाउनुहुन्न


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १५ २०७८
  • 4.5K
    SHARES

नेकपा एमालेका उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज युवराज ज्ञवालीले पार्टीका अगुवा कार्यकर्तालाई सचेत तुल्याउँदै केपी ओलीलाई दोष दिएरमात्र कसैले छुट नपाउने बताएका छन् ।

मंगलबार सुर्खेतमा एमालेको कर्णाली प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीका कार्यकर्तालाई आवेग, उत्तेजना फैलाएर बोल्ने र त्यस्तो व्यवहार गर्ने काम बन्द गर्न आग्रह गरे ।

‘जनताप्रति उत्तरदायी बनौँ, विवेक पु-याएर, संयम भएर, धैर्यका साथ बोल्नुपर्छ,’ उनले भने, ‘रिस उठ्यो भन्दैमा जे मन लाग्यो त्यो गर्नु हुँदैन । जिम्मेवार मान्छेले जिम्मेवार व्यवहार गर्नुपर्छ । व्यवहार र बोलीवचन जिम्मेवार हुनुपर्छ ।

घृणाको संस्कृति फैलाएर कसैलाई गाली गलौज गरेको जनताले मन नपराउने पनि उनले प्रस्ट पारे । विकास निर्माणको काम कसले कसरी गर्छ भन्ने हेरेर नै जनताले आउने चुनावमा फैसला गर्ने उनको भनाइ थियो ।

‘एमालेलाई मात्र, केपी ओलीलाई मात्र दोष दिएर तपाईहरुले छुट पाउनुहुन्न,’ उनले भने, ‘काम गर्दा कमजोरी हुन सक्छ, खराब हुन सक्छ, तर त्यसको अर्थ पार्टी नै काम लाग्दैन भन्ने अर्थ निकाल्नु र त्यो अर्थमा पार्टी नै विभाजन गर्नु धेरै दुर्भाग्यपूर्ण काम हो, यो गलत बाटो हो ।

सबै राजनीतिक दल मिलेर यो संविधान बनाएको चर्चा गर्दै उनले संविधान जोगाउनु, लोकतन्त्र जोगाउनु सबैको दायित्व भएको बताए । उनले नेपाली जनताको बीचमा घृणा फैलाउने, द्वन्द्व बढाउने काम नगर्न पनि कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४