Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हराएको डिभाइसबाट कसरी हटाउने जिमेल एकाउन्ट ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १४ २०७८
  • 10.8K
    SHARES

काठमाडौं । तपाईले आफ्नो मोबाइल फोन, ट्याबलेट वा ल्यापटप हराउनुभयो ? ती डिभाइसमा तपाईको जिमेल एकाउन्ट लगइन भएको छ, जसमा तपाईका काम वा व्यक्तिगत जिवन सँग सम्बन्धित संवेदनशील जानकारीहरु हुन सक्दछन् ।

यस्तो अवस्थामा तपाईको उक्त डिभाइस फेला पार्ने वा चोरी गर्ने व्यक्तिले तपाईको जिमेल एकाउन्टमा पहुँच प्राप्त गर्न सक्दछ र तपाईका गोप्य जानकारीहरु हात पार्न सक्दछ । त्यसैले यस्तो अवस्थामा तपाईको हराएको डिभाइसबाट जतिसक्दो छिटो जिमेल एकाउन्ट लगआउट गरिहाल्नु आवश्यक हुन्छ ।

हराएको वा अर्काको हातमा परिसकेको तपाईको डिभाइसमा लगइन भइरहेको जिमेल एकाउन्ट कसरी लग आउट गर्ने ? वास्तवमा गुगलले प्रयोगकर्ताहरुलाई आफ्ना त्यस्ता हराएका डिभाइसबाट जिमेल एकाउन्ट लगआउट गर्ने सुविधा प्रदान गरेको छ । यसका लागि तपाईले निम्न विधि अबलम्बन गर्नुपर्दछ :

  • कुनै डिभाइसमा ब्राउजर खोलेर आफ्नो जिमेल एकाउन्ट लगइन
  • त्यसपछि त्यहाँ रहेको प्रोफाइल आइकनमा क्लिक गरी Manage your Google account अप्सनमा जानुहोस् ।
  • Security ट्याबमा गएर Manage Devices अप्सनमा क्लिक गर्नुहोस् जुन Your Devices खण्डको पिँधमा हुन्छ ।
  • त्यसपछि तपाईले जुन डिभाइसबाट जिमेल लगआउट गर्न चाहनुभएको हो, अर्थात् जुन डिभाइस हराएको वा चोरी भएको हो उक्त डिभाइसको नामको दायाँ माथिपट्टि रहेको तिनवटा थोप्लाको चिन्हमा क्लिक गर्नुहोस् र त्यसपछि देखा पर्ने Sign Out मा क्लि गर्नुहोस् ।
  • त्यसपछि तपाईले साँच्चीकै साइन आउट गर्न चाहुनभएको हो ? भनेर प्रश्न सोधिन्छ । त्यसलाई एकिन गराउनका लागि पुनः Sign Out मा क्लिक गर्नुहोस् ।

यति गरिसकेपछि तपाईले तपाईको हराएको डिभाइसबाट आफ्नो गुगल एकाउन्ट साइन आउट गर्न सक्नुहुन्छ ।

तपाईले अफिसमा वा साइबर क्याफे लगायतका ठाउँहरुमा आफ्नो जिमेल खोलेर साइन आउट गर्न बिर्सनुभएको छ भने पनि यो काइदा उपयोगी हुनसक्दछ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४