Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना भाइरसको उत्पत्तीबारे नेपालले निष्पक्ष अडान लिएको भन्दै चीनले दियो धन्यवाद


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १४ २०७८
  • 4.2K
    SHARES

काठमाडौं । कोरोना भाइरसको उत्पत्तीबारे नेपालले वस्तुगत र निष्पक्ष अडान लिएको भन्दै चीनले प्रशंसा गरेको छ । साथै चीनले कोरोना भाइरस उत्पत्तीको विषयलाई राजनीतिकरण गर्न भएका प्रयासलाई चिर्न मिलेर काम गर्न चाहेको उल्लेख गरेको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले सोमबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै कोरोना भाइरसको उत्पतीको बारेमा नेपालले चीनलाई महत्वपूर्ण सहयोग गरेको भन्दै धन्यवाद दिएका छन् । भाइरस उत्पत्तीको विषयलाई राजनीतिकरण गर्ने प्रयासलाई कसैको समर्थन नभएको समेत उनले उल्लेख गरेका छन् ।

केही समय अगाडि ८० भन्दा बढी मुलुकले भाइरसको उत्पत्ती सम्बन्धी विषयलाई राजनीतिकरण गर्ने प्रयासको विरोध गर्दै विश्व स्वास्थ्य संगठनलाई पत्र पठाएको समेत उनले उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘नेपाल सहित ८० भन्दा बढी मुलुकले संगठनका महानिर्देशकलाई पत्र पठाएका छन्, कूटनीतिक नोट पठाएका छन् र उनीहरुले राजनीतिकरण गर्ने प्रयासको विरोध गर्दै चीन र विश्व स्वास्थ्य संगठनको प्रतिवेदनलाई सम्मान गर्नुपर्ने बताएका छन् ।’

त्यसैगरी बिभिन्न देशका ३०० भन्दा बढी राजनीतिक दलले सो सोही आशयको पत्र संगठनलाई पठाएका थिए । चिनियाँ दूतावासका प्रवक्ताले कोरोना भाइरस उत्पत्तीको विषयलाई राजनीतिकरण गर्न भएका प्रयासलाई चिर्न मिलेर काम गर्न चाहेको उल्लेख गरेका छन् ।

कोरोना शुरु भएदेखि नै एकले अर्काेलाई समर्थन गरेको उल्लेख गर्दै दूतावासका प्रवक्ताले दुई मुलुकले भाइरसविरुद्ध कसरी सहकार्य गर्नुपर्छ भनी उदाहरण देखाएको उल्लेख गरेका छन् ।

प्रवक्ताले अहिलेसम्म अनुदान र व्यापारिक रुपमा नेपाललाई ७४ लाख डोज कोरोना खोप उपलब्ध गराएको र चीन नेपाललाई खोप प्रदान गर्ने सबैभन्दा ठूलो मुलुक भएको उल्लेख गरेका छन् ।

चीनले नेपालसँगको कोरोना महामारीविरुद्ध सहकार्यलाई अझ सुदृढ बनाउने बताउँदै आगामी दिन आफ्नो क्षमताभित्र रहेर थप खोप उपलब्ध गराउने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४