Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचन आयोग पुगेका एमालेका चार सांसदको पद धरापमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र १० २०७८
  • 2.1K
    SHARES

प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र नयाँ पार्टी रोज्न पाउने

नेकपा एमालेमा विभाजन हुँदा चार जना सांसदको पद धरापमा परेको छ । मूल पार्टी एमाले छाडेर माधव नेपालतिर लागेका चारजना सांसदलाई बुधबार निर्वाचन आयोगले सनाखतका लागि मान्यता नदिएपछि उनीहरुको पद धरापमा परेको हो ।

माधव नेपालले गत भदौ २ गते निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिँदा हस्ताक्षर नगरी बसेका संघीय सांसदहरु सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदादेवी भट्टले भदौ ८ गते एकीकृत समाजवादीमै सनाखत गर्न पाउँ भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर, आयोगले उनीहरुको निवेदन अस्वीकार गरेको छ ।

शुरुमा नेपाल समूहमा नलागी पछि निवेदन दिएका चार सांसदमध्ये पाण्डे प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद हुन् भने ज्ञवाली र थापा समानुपातिक सांसद हुन् । भट्ट राष्ट्रियसभा सदस्य हुन् ।

आयोगले पछि परेको निवेदनमा सनाखत नगर्ने भनेपछि बुधबार यसबारे आयोगका पदाधिकारी र एकीकृत समाजवादी पार्टीका नेताहरुबीच केहीबेर गर्मागर्मी बहस भएको थियो । अन्ततः आयोगले उनीहरुलाई सनाखतमा सहभागी नगर्ने निर्णय सुनायो ।

निर्वाचन आयोगले सनाखतमा मान्यता नदिएपछि अब उनीहरुले सांसद पद जोगाउन केपी ओली नेतृत्वको एमालेमै बस्नुपर्ने भएको छ । उनीहरु अब माधव नेपालको पार्टीमा गएको खण्डमा सांसद पद गुम्ने निश्चित छ ।

तीन केन्द्रीय सदस्यको पनि सनाखत भएन

निर्वाचन आयोगले नेपाल पक्षका थप तीनजना केन्द्रीय सदस्यहरुको पनि सनाखत गर्न नमानेको नेपाल पक्षका एक नेताले बताए । केन्द्रीय सदस्यहरु रामप्रित पासवान, विक्रम शाही र राजन राईलाई आयोगले सनाखत नगरेको हो । तर, उनीहरुलाई एकीकृत समाजवादी पार्टीमा पछि मनोनयन गर्न सकिने ढोका भने खुल्लै छ ।

उता, सनाखत नभएका सांसद सोमप्रसाद पाण्डेय पनि केन्द्रीय सदस्य रहेकाले उनको सांसद पद गुम्यो भने पनि पार्टीको केन्द्रीय कमिटीमा मनोनयन हुन सक्ने ठाउँ सुरक्षित छ ।

सबै केन्द्रीय कमिटीका सदस्यहरु र सांसदलाई आयोगले मान्यता दिएको  भए प्रतिशत अरु बढ्ने र सांसदमा पनि २० प्रतिशत कट्ने भन्दै नेपाल समूहका केही नेताहरुले निर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् ।

उता, मूल पार्टी नेकपा एमालेले भने माधव नेपालसहितका १४ सांसदलाई समेत सनाखत नगर्न आयोगलाई दबाव दिएको थियो । 

आयोगका एक पदाधिकारीले जन न्युज नेपाल खबरसँग भने, ‘अब उहाँहरुलाई एमालेले कारवाही गरेन र मूल पार्टीमै रहनुभयो भने पद जाँदैन, नयाँ पार्टीमा लाग्ने हो भने सांसद पद गुम्छ ।

तर, नेकपा एमालेले भने विहीबार बस्ने केन्द्रीय कमिटीको बैठकबाट यी चारजना सांसदसहित माधव नेपालको पक्षमा लागेका सबै सांसदहरुलाई प्रक्रिया पुर्याएर कारवाही गर्ने एमालेका एक नेताले जानकारी दिए ।

 नयाँ दलले मान्यता पाएका कारण माधव नेपालको पक्षमा सुरुमै लागेका ३० सांसदको भने पद जोगिएको छ । एमालेले कारवाही गरेका भनिएका माधव नेपालसहित १४ सांसदलाई समेत आयोगले मान्यता दिएकाले उनीहरुको समेत सांसद पद जोगिएको छ । तर, ढिलो गरी नेपाल पक्षमा खुलेका चारजनाले भने सांसद पद नै गुमाउनुपर्ने अवस्था आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४