Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश १ मा एमाले बैठक बस्दै, भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र १० २०७८
  • 2.7K
    SHARES

विराटनगर । नेकपा (एमाले) प्रदेश १ संसदीय दलले आज बैठक बोलाएको छ । पार्टी विभाजनपछि पहिलो पटक आज बैठक बोलाइएको हो ।

बिहीबार बिहान ९ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री तथा  संसदीय दलका नेता शेरधन राईलाई राजीनामा गराउने तयारी रहेको स्रोतको भनाइ छ ।

राईको राजीनामापछि माधवकुमार नेपालको साथ छोडेका एमाले सचिव भीम आचार्यलाई संसदीय दलको नेता चयन गरी मुख्यमन्त्री बनाउने तयारी गरिएको छ । एमालेका एक सांसदका अनुसार आचार्यलाई बिहीबार नै  मुख्यमन्त्री शपथग्रहण गराउने सम्भावना छ ।

पार्टी विभाजनपछि केन्द्र र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय तोकिएको छ । तर हतारमा संसदीय दलको बैठक बोलाएपछि नेकपा -एकीकृत समाजवादी) पार्टीका नेताहरुले असन्तुष्टि जनाएका छन् ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजेन्द्र राईले संसदीय दलको बैठक बोलाउनु राजनीतक र नैतिक रुपले गलत भएको बताए । आफ्नो पक्षमा सांसद बढाउने उद्देश्यले दलको बैठक बोलाएको बताउँदै उनले भने, ‘मलाई निम्तो आएको छैन, तर दलको नयाँ नेता छनोट गर्ने भन्ने सुन्दैछु ।’

बैठकले माधव समूहमा लागेका सांसदलाई कारवाही गर्न सक्ने सम्भावना पनि रहेको एमाले स्रोतले बतायो ।

प्रदेश १ आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताए ।

बिहान ९ बजे बस्ने बैठकले संसदीय दलको नयाँ नेता छनोट गर्न सक्ने बताए । एमालेसँग बहुमत रहेको बताउँदै उनले ठूलो दलको हैसियतमा सरकारमा रहने बताए ।

‘संसदीय दलको बैठकमा भीम आचार्य पनि आउनुहुन्छ,’ उनले भने,’ सबै विषयमा छलफल हुन्छन्, दलको नेता परिवर्तन पनि हुनसक्छ ।’

एमाले संसदीय दलका एक सदस्यका अनुसार बिहीबार नै मुख्यमन्त्रीमा आचार्यलाई शपथ ग्रहण गाराउने सम्भावना छ । ‘मुख्यमन्त्रीले दलको नेताबाट राजीनामा दिने र भीम आचार्य संसदीय दलको नेता चयन गर्ने तयारी छ,’ ती नेताले भने,’ बिहीबार नै शपथग्रहण हुनसक्छ ।’

मन्त्री कार्कीले नयाँ सरकार गठनका लागि समय रहेकाले कुनै हतार नभएको बताए ।

बैठकमा माधवकुमार नेपाल समूहका नेताहरुलाई पनि बोलाइएको छ । प्रदेश सांसद उपेन्द्र घिमिरेले आफूलाई बैठकको निम्तो आए पनि नजाने बताए ।

मुख्यमन्त्रीमा भीम अचार्य चयन भए पनि विश्वासको मत नपाउने उनले बताए । ‘एक महिनाका लागि किन मरिहत्ते गरेको होला,’ उनले भने,’ भोलि विश्वासको मत जुट्दैन् ।’

एमाले सचिव आचार्य काठमाडौँमा छन् । उनी बिहीबार बिहान विराटनगर आउने स्वकीय सचिव अनिल राजधामीले बताए ।

यस्तो छ अंक गणित

९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा हाल ९२ जना सांसद छन् । प्रदेश १ मा नेकपा एमालेका ५१ सदस्य छन् । जसमध्ये एक जना सभामुख छन् । अर्का एक सांसद गुलेफुन खातुन फौजदारी मुद्दामा दोषी देखिएकाले फरार छिन् ।

सरकारी छाप र हस्ताक्षर कीर्ते गरेको मुद्दामा सांसद् खातुनलाई उच्च अदालत विराटनगरले एक वर्ष कैद र १४ हजार ५ सय ८३ जरिमाना सजायको फैसला सुनाएको थियो ।

२०७६ साल पुस ९ गतेको फैसलापछि उनी फरार छिन् । एमाले ओली पक्षकी सांसद खातुन संसदीय दलको बैठकमा हस्ताक्षर गर्नका लागि आउने स्रोतको दाबी छ ।

एमालेका ५१ मध्ये नयाँ पार्टीमा १८ जना सांसद् रहने केन्द्रीय सदस्य राजेन्द्र राई बताउँछन् ।

प्रदेशमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशमा एमाले सरकार ढालेर गठबन्धनमो सरकार बनाउन ८-९ जनाको संख्या थप भए पुग्छ ।

भीम आचार्य एमालेमा रहँदा उनीसँग २-३ जना सांसद जान सक्ने माधव पक्षको आकलन छ । प्रदेशमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १/१ जना सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४