Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दल दर्ता सनाखतमा झलनाथ खनालको हस्ताक्षर मान्य, रेशम चौधरीको अमान्य


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ९ २०७८
  • 8.2K
    SHARES

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेता झलनाथ खनालको हस्ताक्षर सनाखत भएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत खनालको हस्ताक्षर सनाखत गरिएको हो ।

एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी दर्ता गर्न नेताहरुले दिएको निवेदनमा निर्वाचन आयोगले बुधबार केन्द्रीय सदस्यहरुलाई सनाखत गर्न बोलाएको थियो । तर खनाल स्वास्थ्य उपचारका लागि दिल्लीमा रहेका कारण सनाखतका लागि निर्वाचन आयोगमा आउन असमर्थ थिए ।

  • रेशम चौधरीको सनाखत भएन

त्यस्तै जनता समाजवादी पार्टी विभाजन भई बनेको लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि भने सांसद रेशम चौधरीको हस्ताक्षर सनाखत भएन । महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा दिएको दल दर्ता निवेदनमा नै चौधरीको नाम समावेश नभएकाले उनको हस्ताक्षर सनाखत नभएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

भदौ २ गते सरकारले दल विभाजन अध्यादेश ल्याएपछि महन्थ ठाकुरले दल दर्ताका लागि दिएको निवेदनमा चौधरीको नाम समावेश थियो । तर आयोगले भदौ ४ गते अध्यादेश अनुसार राजनीतिक दलसम्बन्धी नियमावली संशोधन गरेपछि पुन: दल दर्ता निवेदन माग गरेको थियो । त्यतिबेला भने लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि चौधरीको नाम नराखिएको प्रवक्ता श्रेष्ठले बताए ।

टीकापुरमा भएको थारु समुदायको आन्दोलनका क्रममा सुरक्षाकर्मीसहित ८ जना मारिएको घटनामा दोषी ठहर भई चौधरी हाल डिल्लीबजार कारागारमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४