Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अष्टलक्ष्मी मेरै सहमतिमा मुख्यमन्त्री बन्नु भएको हो : माधव नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ८ २०७८
  • 6.2K
    SHARES

काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै सहमतिमा अष्टलक्ष्मी शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्री बनेको बताएका छन् । तर अब के हुन्छ भन्ने शाक्यमा भर पर्ने उनले बताए ।

नेता नेपालले नयाँ पार्टी दर्ता गर्दै गर्दा डोरमणि पौडेलले राजीनामा दिएर शाक्य नयाँ मुख्यमन्त्री बनेकी छन् । तर उनी नेकपा एकीकृत समाजवादीमा गएकी छैनन् ।

प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने मुख्यमन्त्री शाक्यले अब एउटा दल रोज्नुपर्ने बताए ।

मंगलबार चन्द्रगिरिमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले भने, ‘उहाँ (अष्टलक्ष्मी)ले सहमति लिनु भएकै हो । तर उहाँ अप्ठ्यारोमा हुनुहुन्छ ।’

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्नुपर्ने भन्दै उनले भने, ‘जब पार्टी अलग बनिसकेपछि एउटा पार्टी रोज्नुपर्ने अवस्था बन्छ । अब उहाँमा भरपर्छ, म धेरै भन्न चाहन्न ।’

दल रोजाइबारे शाक्यको निर्णयका आधारमा प्रदेश सरकारलाई कसरी हेर्ने भनेर तय गर्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४