Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशसभामा एमालेको नाराबाजी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ७ २०७८
  • 4.9K
    SHARES

बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले सोमबार पनि अवरुद्ध पारेको छ ।

एमालेले आफ्नो दलबाट निर्वाचित अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रह सभामुख पूर्णबहादुर घर्तीले अस्वीकार गरेपछि एमालेले संसद बैठक अवरुद्ध पारेको हो ।

सभामुख घर्तीले भने उनीहरु एमाले रहेको प्रमाण नभएकाले एमाले संसदीय दलले कारबाही गर्न नसक्ने भनी निर्णय गरिसकेका छन् । एमालेले भने उनीहरुलाई कारबाही नगरेसम्म संसद बैठक चल्न नदिने अडान लिएको छ ।

सोमबार प्रदेशसभा बैठक शुरु हुनेवित्तिकै एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए । उनीहरुले रोष्टममा नाराबाजी गरेका छन् ।

माओवादी केन्द्रको आपत्ति

माओवादी केन्द्रका सांसद तुलाराम घर्तीले आफूहरुको सांसदलाई कारबाही गर्न भनी एमालेले पत्र दिएको भन्दै आपत्ति जनाए ।

एमालेले पदमुक्त गर्न आग्रह गरेको विमलाकुमारी खत्री वली नेकपा माओवादी केन्द्र संसदीय दलको सदस्य रहेको भन्दै उनले एमालेले पदमुक्त गर्न आग्रह गर्नु आपत्तिजनक भएको बताए ।

‘एउटा दलको सदस्यलाई अर्को दलले कारबाही गर्न मिल्छद्ध कि मिल्दैन ? उनले प्रश्न गरे, ‘उहाँहरु संसदीय मूल्य र मान्यता विपरीत बोलिरहनुभएको छ ।’

करिब आधाघण्टासम्म एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुख पूर्णबहादुर घर्तीले सोमबार नै साढे २ बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४