Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महाधिवेशनको तयारीमा जुट्यो कांग्रेसको निर्वाचन समिति


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ६ २०७८
  • 7.6K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता टुंग्याउन अन्तिम रस्साकस्सी चलिरहेका बेला निर्वाचन समिति भने महाधिवेशनको तयारीमा जुटेको छ ।

मंसिर ९–१३ सम्म १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको कांग्रेसले आइतबार साँझसम्म क्रियाशील सदस्यताको टुंगो लगाएको छैन । सभापतिले क्रियाशील सदस्यता रुजु गरिसकेपछि अन्तिम नामावली निर्वाचन समितिलाई बुझाउनुपर्छ, त्यसपछि मात्रै कांग्रेसमा महाधिवेशन प्रक्रिया शुरु हुन्छ ।

तर पछिल्लो पटक संशोधित तालिकाअनुसार वडा अधिवेशन भदौ १८ मा गर्नुपर्ने कार्यतालिका छ । स्थानीय अधिवेशन गर्न १२ दिन मात्र बाँकी हुँदा पनि क्रियाशील सदस्यको अन्तिम नामावली निर्वाचन समितिले पाएको छैन ।

क्रियाशील सदस्यता कुर्दा अधिवेशन कार्यतालिका नै प्रभावित हुने भएपछि अन्य तयारी अगाडि बढाइएको निर्वाचन समिति सदस्य तेज रावलले बताए । ‘हामीले अहिलेसम्म क्रियाशील सदस्यताको सूची पाएका छैनौं । तैपनि तोकिएकै समयमा अधिवेशन गर्न सकियोस् भनेर अरु कामलाई अगाडि बढाएका छौं,’ उनले भने ।  निर्वाचन समितिले निर्वाचन निर्देशिका, नियमावली, विधान र प्रमाणपत्र छपाईको काम शुरु गरिसकेको छ ।

  करिव आठ हजारप्रति निर्देशिका, नियमावली र विधान छपाईको काम भएको छ भने तल्लो तहका निर्वाचित पदाधिकारी र सदस्यका लागि तीन लाख भन्दा बढी प्रमाणपत्र छपाईको काम पनि भइरहेको निर्वाचन समितिले जनाएको छ ।

साउन ३० को केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यताको बाँकी काम भदौ २ सम्म टुंग्याउने र भदौ ३ गते सभापतिलाई बुझाउने निर्णय गरेको थियो । त्यस्तै कांग्रेसले भदौ १ सम्म निर्वाचन निर्देशिकामा आवश्यक परिमार्जन गर्ने निर्णय गरेको थियो । भदौ १० सम्म ७७ वटै जिल्लामा निर्वाचन अधिकृतसहित आवश्यक कागजात पठाइसक्ने सहमति गरेको कांग्रेसले क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकामा सहमति जुटाउन ढिलाइ गरेको हो ।

निर्वाचन समितिका अनुसार अब भदौ १४ सम्म प्रत्येक जिल्लामा निर्वाचन अधिकृत खटाइसक्ने तयारी छ । ‘समयमै जिल्लामा कसरी कागजात पुर्‍याउने र त्यहाँबाट वडातहमा कसरी वितरण गर्नेबारे अहिले हामी छलफलमा छौं,’ समितिका एक सदस्यले भने, भौगोलिक विकटता भएका क्षेत्रमा समयमै मतदान अधिकृत खटाउनुपर्ने र कागजात पुर्‍याउनुपर्ने चुनौती हामीलाई छ ।’

निर्वाचन समितिले जिल्ला निर्वाचन अधिकृतमा केन्द्रबाट नै प्रतिनिधि खटाएको छ । जिल्ला अधिकृतका रुपमा कांग्रेस निकट डेमोक्रेटिक लयर्स एशोसियसन (डिएलए) का प्रतिनिधि खटाएको छ भने मतदान अधिकृतमा शिक्षक संघका प्रतिनिधिलाई खटाउने तयारी भइरहेको समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४