Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ६ २०७८
  • 8.3K
    SHARES

फाइल तस्वीर : माओवादी केन्द्रको केन्द्रीय कार्यालय


 काठमाडौं / नेकपा माओवादी केन्द्रले ६ वटा प्रदेशमा इन्चार्ज तोकेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रदेशका इन्चार्ज र पदाधिकारी तोकेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

माओवादी केन्द्रले प्रदेश २ मा गणेश साहलाई इन्चार्जको जिम्मेवारी दिएको छ भने बागमतीमा हितमान शाक्य र गण्डकीमा हितराज पाण्डेलाई इन्चार्ज तोकेको छ । कर्णालीको इन्चार्ज शक्ति बस्नेतलाई तोकिएको छ भने सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

प्रदेश १ को इन्चार्ज भने टुंगो लागेको छैन । सुरेन्द्र कार्की र सावित्री काफ्लेमध्ये एक जनालाई प्रदेश १ को इन्चार्ज बनाइने बताइएको छ ।

जिल्ला समन्वय समितिको संयोजक चयन गर्ने जिम्मा भने प्रदेश कमिटीलाई दिइएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४