Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फेसबुकलाई टुक्र्याउने अमेरिकी सरकारको अर्को मुद्दा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ६ २०७८
  • 6.2K
    SHARES

अमेरिकी सरकारको संघीय वाणिज्य आयोगले सोसल मिडिया कम्पनी फेसबुकलाई टुक्राउनका लागि बिहीबार अर्को प्रयास गरेको छ ।

आयोगले अमेरिकाको संघीय अदालतमा पुनः अर्को मुद्दा दर्ता गर्दै फेसबुकले सोसल मिडियामा एकाधिकार कायम गरी प्रतिस्पर्धामा बाधा पुर्‍याएको जिकिर गरेको छ ।

करीब दुई महीना अगाडि पनि आयोगले फेसबुकविरुद्ध यस्तै मुद्दा हालेकोमा संघीय अदालतका न्यायाधीशले आयोगको अभियोगमा प्रमाण नपुग्ने भनेर आदेश गरेका थिए ।

तर आयोगले बिहीबार संशोधित निवेदन अदालतमा दर्ता गरेको छ, जुन दुई महीना अगाडि दायर निवेदनभन्दा ५० प्रतिशत लामो छ । यद्यपि पुरानै निवेदनमा गरिएका अधिकांश दाबीहरुलाई दोहोराइएको छ ।

फेसबुकले प्रतिस्पर्धालाई निस्तेज पार्ने गरी विभिन्न कम्पनीहरु खरीद गरेर आफूमा गाभेर कानूनको उल्लंघन गरेको आयोगको जिकिर छ । यसमा फेसबुकले इन्स्टाग्राम र ह्वाट्सएप खरीद गरेको विषय तथा फेसबुकको प्लाटर्फममा थर्ड पार्टी एपलाई प्रवेश नदिएर प्रतिस्पर्धा विरोधी रवैया अपनाएको विषय प्रमुख रुपमा उठाइएको छ ।

उता फेसबुकले बिहीबार ट्वीट गर्दै आफूविरुद्ध संघीय वाणिज्य आयोगले दर्ता गरेको नयाँ संशोधित मुद्दाका विषयमा समीक्षा गरिरहेको र छिटै यसबारेमा विस्तृतमा बोल्ने बताएको छ । एक छुट्टै विज्ञप्तिमा फेसबुकले आफूविरुद्धको मुद्दाको कुनै तुक नरहेको बताएको छ।

‘फेसबुक एकाधिकारी हो भन्ने कुरा कुनै वैध दाबी थिएन र त्यो तथ्यमा कुनै परिवर्तन आएको छैन । ह्वाट्सएप र इन्स्टाग्राम खरीदको विषय धेरै वर्ष अगाडि नै सम्बन्धित निकायहरुले परीक्षण गरेर टुंगिइसकेका विषय हुन् अनि हाम्रा प्लाटर्फमका नीतिहरु कानून बमोजिम छन्,’ फेसबुकले भनेको छ ।

आयोगका दाबीहरु एन्टिट्रस्ट कानूनलाई पुनर्लेखन गर्ने तथा टुंगिइसकेका मर्जरका सम्झौतालई उल्टाउने प्रयासका रुपमा आएका फेसबुकको भनाइ छ ।

फेसबुकले भनेको छ- मानिसहरुको मन जित्न आफुहरु दिनहुँ लागिरहेका छौं र कम्पनी बचाउन पनि सशक्त रुपले लागिरहने छौँ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४