Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बारा, सिरहा र उदयपुरमा भएका दुर्घटनामा ५ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ६ २०७८
  • 5K
    SHARES

 काठमाडौं । बारा, सिरहा र उदयपुरमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । बारामा भएको दुर्घटनामा तीन जनाले तथा सिरहा र उदयपुरमा एक–एक जनाले ज्यान गुमाएका हुन् ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ टागियामा प्रदेश २, ०३–००२ प ५३३५ र बा ६५ प २७५६ नम्बरको अर्को मोटरसाइकल गएराति आपसमा ठोक्किँदा नुवाकोटको घुङताङ ३ का ४० वर्षीय टुलुराज तामाङ, बाराको निजगढ नगरपालिका ९ का १६ वर्षीय विकास साह र ३५ वर्षीया सुनैना देवी साहको मृत्यु भएको हो ।

गएराति साढे १० बजे भएको दुर्घटनामा उनीहरुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

यसैगरी सिरहाको धनगढीमाई नगरपालिका ६ मा स १० प ४२४७ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा अन्दाजी १८ वर्षीय किशोरको मृत्यु भएको छ । गएराति साढे ११ बजे पैदल हिंडिरहेका ती किशोर मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएको र उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै उदयपुरको त्रियुगा नगरपालिका ३ लच्कामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गाईघाटबाट मोतीगडातर्फ आउँदै गरेको प्रदेश १, ०१–००५ प ३७१४ नम्बरको मोटरसाइकल शनिबार साँझ सवा ६ बजे विजुलीको पोलमा ठोक्किएर पल्टिंदा सोही मोटरसाइकलका चालक ३२ वर्षीय शान्तिराम राईको मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४